Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीअवैध कर्मचारी खारेजीका लागि आज कार्यपालिकाको बैठक बस्दै

अवैध कर्मचारी खारेजीका लागि आज कार्यपालिकाको बैठक बस्दै

बेलडाँडी,
बेलडाँडी गाउँपलिकामा केहि दिन पहिला अवैध तरिकाले भर्ना गरिएका कर्मचारीहरुलाई खारेजीका लागि आज कार्यपालिकाको बैठक बस्ने भएको छ ।
कर्मचारी र जनप्रतिनिधीको मिलोमतोमा सुटुक्क दैनिक ज्यालादारीको नाममा पुराना अधिकृतले तीन जना कर्मचारीलाई नियुक्ती दिएको विषयमा चौतर्फी आलोचना भए पछि आज खारेजका लागि कार्यपालिकाको बैठक बस्ने भएको छ ।

बेलडाँडी गाउँपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष अम्मर बहादुर खत्रीका अनुसार गाउँपालिकाले तत्काल त्यसै कार्यका लागि बैठक बोलाएको हुन सक्ने जनाए ।

ताजा समाचार