Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी माओवादीद्धारा सहिदहरुको सम्झनामा दिपप्रज्वलन

बेलडाँडी माओवादीद्धारा सहिदहरुको सम्झनामा दिपप्रज्वलन

बेलडाँडी,
नेकपा मओवादी केन्द्र बेलडाँडीद्धारा सहिद दिवसको अवसर पारेर बेलडाँडीमा दिपप्रज्वलन कार्यक्रम आयोजना गरेका छन् ।
नेकपा मओवादी केन्द्र बेलडाँडी गाउँकमिटीको आयोजनामा बेलडाँडी बजारको चौकमा सहिदहरुको सम्झनामा भावपुर्ण श्रद्धान्जली प्रकट गर्दै दिपप्रज्वलन गरेको बेलडाँडी नेकपा माओवादी केन्द्रका सचिव चेत बहादुर शाहले जानकारी गराउनु भयो ।

उहाँका अनुसार मुलुकलाई यहाँ सम्म पुर्याउने सम्पुर्ण सहिदहरुको बलिदानको कदर गर्दै सहिदले देखाएको बाटो सबैले अंगाल्नु पर्ने बताए । मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जस्ता जोखिमपूर्ण आन्दोलनमा खटिएर बलिदान गर्ने सबै सहिद मुलुकका सच्चा सपूत भएको बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य इश्वरी प्रसाद भट्टले उक्त कार्यक्रमलाई सम्वोधन गर्दै भने “नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा यस्ता कार्यक्रम हुन गर्भ भएको बताए ।”

नेकपा माओवादी केन्द्रका बेलडाँडीका अध्यक्ष डम्वर शाहले भने “दिप प्रज्वलन गर्दै शहीदको सपना साकार पार्नु नेपाली नागरिकको कर्तव्य हुनु पर्ने बताउदै सहिदले देखाएको बाटोमा सबै लाग्नु पर्ने जनाउदै एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२,६३ मा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलन लगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट हासिल भएको बताए ।”

यस्तै नेकपा माओवादी केन्द्र बेलडाँडीका उपाध्यक्ष जनकराज गिरीले भने “सहिदहरुको त्याग र वलिदानले गर्दा नेपालमा लोकतानित्रक गणतन्त्र स्थापना भएको बताए । उनले देशमा शान्ति र संविधान ल्याउन लडेका शहिदहरुको भावना अनुसार अहिलेको सरकारले काम गर्नुपर्ने धारण व्यक्त गरेर ।”

अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ लगायत संघर्षमय जीवन र बलिदानको गाथा, लोकतान्त्रिक गणतान्त्रिक एवं जन आन्दोलनका अरू योद्धाको योगदानको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ गरिन्छ ।

 

कर्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य ईश्वरी प्रसाद भट्ट, गाउँकमिटी अध्यक्ष डम्वर शाह, उपाध्यक्ष जनकराज गिरी, प्रकाश खत्री, सचिव चेत बहादुर शाह, जनप्रतिनिधी रमा भण्डारी बिष्ट लगायत वाइसीएल बेलडाँडीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सचिव शाहले गरेका थिए ।

ताजा समाचार