Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी वितरण केन्द्रकोको विद्युत सेवा १८ गते देखि दुई महिनाका लागि दैनिक...

बेलौरी वितरण केन्द्रकोको विद्युत सेवा १८ गते देखि दुई महिनाका लागि दैनिक ६ घण्टा अवरुद्ध हुने

बेलौरी,

बेलौरी वितरण केन्द्र अन्र्तगतका सम्पुर्ण स्थानहरुमा २ महिना विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्दले आईतबार एक सूचना जारी गर्दै बेलौरी वितरण केन्द्र अन्र्तगतका स्थानहरुमा माघ १८ गते देखि २ महिना विद्युत सेवा ६ घण्टाका लागि अवरुद्ध हुने छ ।

झलारी–बेलौरी ३३ के.भि.लाईन पुरानो एवं जिर्ण हुदै गएको,ग्राहकको संख्या तथा लोड उल्लेख्य रुपमा बढ्दै गईरहेकोले हाल प्रयोगमा रहेको केवलले आउँदो गर्मी समयमा उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सेवाग्राहीलाई गुणस्तरीय र भरपर्दाे सेवा प्रवाहका लागि माघ १८ गते देखी झलारी–बेलौरी ३३ के.भि. लाईन अपग्रेड गर्ने कार्य सुरुहुने भएकोले माघ १८ गते विहान १० बजे देखि साझ ४ बजे सम्म ६ घण्टाका लागि बेलौरी वितरण केन्द्र अन्र्तगतका सम्पुर्ण स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण बेलौरी वितरण केन्द्रले जनाएको छ ।

काम नभएको दिनमा विद्युत सेवा सुचारु गरिने समेत सूचनामा जनाईएको छ ।

ताजा समाचार