Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेलौरी प्रहरीद्वारा २२ केजी चरेश नियन्त्रण

बेलौरी प्रहरीद्वारा २२ केजी चरेश नियन्त्रण

हरिलाल  जोशी/बेलौरी

कंचनपुरको बेलौरी नगरपालिका-३, बुटाबारीबाट प्रहरीले २२ केजी चरेश नियन्त्रणमा लिएको छ ।
शनिबार साझ ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले सडक छेउबाट बेवारिसे अवस्थामा रहेको २२ केजी चरेश नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक खड्काले सडक छेउमा रोकिएको यु.पी.३१ ए.पी. २२५६ नम्बरको भारतीय मोटरसाईकल सहित चरेश बेवारिसे अवस्थामा नियन्त्रण गरेको बताए ।

“कानून अनुसार बरामद गरी चरेशको विषयमा थप अनुसन्धान गरिरहेको छु ।” प्रहरी निरीक्षक खड्काले भने “यस्तो गतिविधिमा संलग्नको पहिचान गर्छु, कुनै हालतमा उम्कन दिदैन ।”
अघिल्लो वर्ष भन्दा लागुऔषधलाई नियन्त्रण गर्न बेलौरी प्रहरीको निकै सक्रिय रहेको स्थानीयहरुको भनाई छ ।

ताजा समाचार