Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीझिलमिलामा नेपाली ऊखु तस्करहरुले खेलमैदनको पारे सत्यानास, खेलमैदान मर्मत गरिदिन युवाहरुले गरे...

झिलमिलामा नेपाली ऊखु तस्करहरुले खेलमैदनको पारे सत्यानास, खेलमैदान मर्मत गरिदिन युवाहरुले गरे आग्रह

बेलडाँडी,
नेपाली ऊखु तस्करहरुले बेलडाँडी गाउँपालिका वडा नं.५ मा रहेको खेलमैदनको बिच बाटो भएर तस्करी गर्दा खेलमैदनको सखाप भएको छ ।

भारत बाट ऊखु ओसार्ने नेपाली तस्करहरुका कारण स्थानीय खेलमैदानको विजोग भएको छ । स्थानिय स्तरका खेलाडीहरुलाई खेलखेल्नका लागि किसान मध्यवर्ती सामुदायिक बनमा पर्ने खेलमैदानको बिचबाटो तस्करले लोड ऊखुको ट्रली ल्याउनदा खेलमैदान तहसनहस भएको स्थानीयले बताएका छन् ।

स्थानीय राम दत्त भट्टले आफ्नो समाजिक संजाल फेसबुकमा उक्त फोटो सार्वजनिक गर्दै न्याय मागेका छन् । उनका अनुसार गाउँघरका सानासाना भाई बैहिनीहरुको खेल प्रतिको बृद्धि विकास कसरी हुन्छ, यसरी विचमैदानमा लोड गाडी चलाएर कुनै एक व्याक्तिको भलो होला तर आम खेलाडीको भलो हुदैन । तस्करहरुलाई तस्करी गर्नुस् तर हाम्रो खेलमैदान नबिगारिदिनुस भने ।

बेलडाँडीका युवाहरुले उक्त बाटो भएर तस्करी गर्नेहरुको टेक्टरमै आगो लगाइदिने चेतावनी दिएका छन् । तस्करी आफ्नो लागि गर्ने हो समाज र हाम्रा लागि होइन तर हाम्रा संरचना भात्काइ बिगारी दिनेलाई कुनै पनि हालतमा नछोड्ने खेलप्रेमी युवाहरुले बताएका छन् । युवाहरुका अनुसार तस्करी गरेकै बेला त्यही सिमा क्षेत्रमा छोपी ट्याक्टरमा आगो लगाइ दिने चेतावनी दिएका छन् । छिटो भन्दा छिटो उक्त खेलमैदानको मर्मत गरियोस् हैन भने युवाले यसको जवाफ कडा दिने बताएका छन् ।

ताजा समाचार