Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीपुर्व मन्त्री मगरको पहलमा चौधर खोला नियन्त्रणका लागि लागत स्टमेट तयार गरिदै

पुर्व मन्त्री मगरको पहलमा चौधर खोला नियन्त्रणका लागि लागत स्टमेट तयार गरिदै

बेलडाँडी,
बेलडाँडी गाउँपालिका वडा नं.५ मा पर्ने चौधर खोला गाउँपस्ने समस्या नियन्त्रणका लागि नेकपा माओवादी केन्द्रकी नेत्री तथा पुर्व खानेपानी मन्त्री बिना मगरको पहलमा लागत स्टमेट तयार गर्न प्राविधिक टोली खटाइएको छ ।

बेलडाँडीका जनताले नदीका कारण भोग्नुपरेको समस्यालाई समाधान गर्न तटवन्ध निर्माणका लागि लाग्ने लागतको स्टमेट तयार गर्न माओवादीको पहलमा प्राविधिक टोली काम गर्न लागेको नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर शाहले जानकारी गराउनु भयो ।

उहाँका अनुसार यहाँका जनताले बर्षातको समयमा भोग्नु परेको समस्या, कति बेला नदी गाउँपस्छ भन्दै जागाराम बस्नुपर्ने समस्या तु समाधान गर्नको लागि पहल भएको बताए । हामीले यो समस्या समाधान गर्नका लागि बारम्वार नेताहरुलाई घचखध्च्याउने कार्यको सुनुवाइ हुन थालेको जनाए ।

यस्तै चौधर खोला नियन्त्रण संर्घष समितिका अध्यक्ष जनक धामीका अनुसार यस खोलाको समस्यालाई लिएर बारम्वार मन्त्रालय धाउदा यसको सुनुवाइ हुनथालेको बताए । तटवन्ध निर्माणका लागि एकै पटक ठुलो रकमको आवश्यकता भएकोले त्यसरी काम गर्दा ठिक हुने धारण व्यक्त गर्नु भयो । जसरी भए पनि यहाँका समस्या समाधान हुनुपर्ने वहाँको भनाई छ ।

जनताको तटवन्ध कर्यालय कञ्चनपुरका सव इन्जनियर विनोद चन्दको नेतृत्वमा टोली नापजाचमा खटिएको छ । चन्दका अनुसार अहिले ५ किलो मिटर तटवन्धका लागि आफुहरुले लागत स्टमेट बनाएर माथी पठाउनु पर्ने आदेश अनुसार काम गर्न थालेको जनाए ।

माओवादीका नेता ईश्वरी प्रसाद भट्ट, नन्दकिशोर एसके, डम्वर शाह, जनकराज गिरी, जनर्मोचाका नेता अभिमान थापा, चौधर खोला नियन्त्रण संघर्ष समितिका अध्यक्ष जनक धामी लगायएको टोलीले प्राविधिक टोलीलाई स्वागत गरेका थिए ।

 

 

ताजा समाचार