Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा अवैध कर्मचारी भर्ना प्रकृया रोक्न जनदवाब बढ्दै, कुन-कुन पार्टीले गरे अवैध...

बेलडाँडीमा अवैध कर्मचारी भर्ना प्रकृया रोक्न जनदवाब बढ्दै, कुन-कुन पार्टीले गरे अवैध नियुक्तीको विरोध ?

बेलडाँडी,
बेलडाँडी गाउँपालिकामा केहि दिन पहिला मात्र ३ जना कर्मचारीलाई अवैध तरिकाले भर्ना गरिएको विषयमा गाउँपालिकाको चौतर्फी जनदवाब बढ्दै गएको छ ।

गाउँपालिकामा अवैध ढंगले तीन जना कर्मचारीलाई पुस ३० गते नियुक्ती दिएको बिषयलाई लिएर चौतर्फी विरोध हुन थालेको छ । यस अघि बेलडाँडीका मुख्य तीनदल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवाद र नेपाली कांग्रेसले उक्त कार्य गर्न नमिल्ने भन्दै गाउँपालिकामै गएर नयाँ अधिकृतलाई खारेज गर्न माग गरिसकेका छन । बेलडाँडी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएको ४ दिन नबित्दै पुस ३० गते पुरानै अधिकृतले तीन जना कर्मचारीलाई दैनिक ज्यालादारी भन्दै ६,६ महिनाको नियुक्ती दिइएको छ भने ती मध्ये एक जनालाई अहेब पदको बिल्लाभिराउदै २० हजार तलब खाने नियुक्ती समेत दिन बेर गरेका छैनन् ।

घटनाको अध्ययन गर्दा आजका मिति सम्म पुराना हाकिम बाट गाउँपालिका अध्यक्षले केहि नमागेको र जाने बेला यी तीन जनालाई नियुक्ती गरिदिनुस् भनेर भनेको खवर श्रोतबाट प्राप्त भएको छ । त्यसैले पुराना हाकिमले आफु बलिको बोका हुन तयार भए तर अध्यक्षको बचन काट्न नसकेर सो नियुक्ती दिएको श्रोतले जनाएको छ । यस विषयमा पुराना अधिकृत गणेश दत्त भट्टले नियुक्ती खारेज गर्न सकिने संकेत गरेका छन् । बेलडाँडीका केहि जनप्रतिनिधीहरुका मान्छेलाई भर्ना गर्नु पर्ने भएकोले गाउँपालिकाको आवश्यकता छ तपाईनै नियुक्ती दिएर जानुस् भनेर पुराना हाकिमलाई दवाव दिएर सो कार्य गराएको श्रोतले जनाएको छ । यसलाई खारेज गर्न सकिने धारण व्यक्त गर्नु भयो।

नियुक्ती हुनेमा दिपेन्द्र बहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ भने निरज कठायतलाई कार्यालय संग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि ठाडो नियुक्त दिइएको छ । यस्तै रौतेली स्वास्थ्य चौकीमा कोभिड १९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभए सम्मका लागि अहेब पदमा सुनिता रानालाई २० हाजर तलब खानेगरी माघ १ गते देखि २०७९ असार मसान्त ६ महिना सम्मका लागि नियुक्ती दिइएको छ । कठायत वडा नं.२का अध्यक्ष प्रेमराज खातीका ज्वाई हुन भने बिष्ट हालसालै नेकपा एमाले जिल्ला कमिटी सदस्य विर बहादुर बिष्टका भतिजा हुन, र राना अध्यक्ष निकट रहेका छन् ।

ताजा समाचार