Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा अवैध कर्मचारी भर्ना प्रक्रिया रोक्न कांग्रेसको समेत माग

बेलडाँडीमा अवैध कर्मचारी भर्ना प्रक्रिया रोक्न कांग्रेसको समेत माग

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाले केहि दिन पहिला अवैध तरिकाले कर्मचारी भर्ना गरेको मिडियामा समाचार आए पछि नेपाली कांग्रेस बेलडाँडीको समेत ध्यानाक्रषण भएको बेलडाँडी सभापती गज बहादुर बिष्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार अवैध तरिकाले भएका सबै निर्णय खारेज हुनपर्छ यस्तो नयाँ हाकीमको हाजिर पश्च्यात समेत यसरी नियुक्ती नदिनु पर्ने बताए ।
यस्तै नेपाली कांग्रेस जिल्ला उपसभापती हरिसचन्द्र रानाले भने कानुन बमोजिम काम गर्न आग्रह गर्दै तत्काल यी नियुक्ती खारेजी हुनुपर्ने माग गरे । नेपाली कांग्रेस बेलडाँडीका निर्वतमान सभापती हर्कदेव जोशीले भने यस्ता गैरकानुनी सबै निर्णय खारेज हुनुपर्ने भन्दै कसैले पनि यस्तो मनतन्त्र नर्गन आग्रह गरे ।

बेलडाँडी गाउँपालिकाले २०७८ पुस ३० गते तीन जना कर्मचारीलाई दैनिक ज्यालादारी भन्दै नियुक्ती दिएको थियो । जसमा दिपेन्द्र बहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ भने निरज कठायतलाई कार्यालय संग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि ठाडो नियुक्ती दिइएको छ । यस्तै रौतेली स्वास्थ्य चौकीमा कोभिड १९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभए सम्मका लागि अहेब पदमा सुनिता रानालाई २० हाजर तलब खानेगरी माघ १ गते देखि २०७९ असार मसान्त ६ महिना सम्मका लागि नियुक्ती दिइएको छ । तीन वटै नियुक्ती पत्रमा पुस ३० गते पुराना अधिकृत गणेश दत्त भट्टको हस्ताक्षर रहेको छ ।

नियुक्त हुनेमा कठायत वडा नं.२ का अध्यक्ष प्रेमराज खातीका ज्वाई हुन भने बिष्ट हालसालै नेकपा एमाले जिल्ला कमिटी सदस्य विर बहादुर बिष्टका भतिजा हुन, र राना केहिदिन पहिला देखि रौतेली स्वास्थ्य चौकीमा स्वयमसेवकको रुपमा कामगर्दै आएका थिए । यस अघि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समेत सो नियुक्ति खारेज गर्न माग गरिसकेका छन् ।

ताजा समाचार