Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी नेकपा एकीकृत समाजवादद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी नेकपा एकीकृत समाजवादद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी,
नेकपा एकीकृत समाजदी बेलडाँडीले गाउँपालिकाले गरेको अवैध कर्मचारी भर्ना प्रकृया खारेजीको माग गरेका छन् ।
आज बेलडाँडी गाउँपालिका पुगेका समाजवादीका नेताहरुले अवैध तरिकाले भएको कर्मचारी भर्ना प्रकृया खारेजीको माग अघि सारेका हुन । बेलडाँडी गाउँपालिकाले गत पुस ३० गते ३ जना नयाँ कर्मचारीलाई बिना प्रकृया भर्ना गरेको छ भन्ने खबर मिडियामा आएकाले आफुहरु सत्य के हो खवरदारी गर्न कार्यालय पुगेको नेकपा एकीकृत समाजवादका जिल्ला सदस्य बीर बहादुर बडुवालले जानकारी गराउनु भयो । उहाँका अनुसार मिडियामा आएको कुरा के हो साचो या झुठो त्यसको तुरुन्त जवाफ चाहियो वहाँले भन्नु भयो ।

यस्तै जिल्ला कमिटी सदस्य तथा वडा नं.१ का अध्यक्ष अम्मर खत्रीका अनुसार आफुले भर्ना गरेको खवर त छुस्स पाएको तर प्रकृया के हो थाहा नपाएको बताउदै यस्तो अवैध कार्य तुरुन्त खारेज गर्नुपर्ने बताए ।

एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा युवा नेता हरी शर्माका अनुसार यस गाउँपालिकाले बारम्वार यस्ता अबैध कार्यगर्दै आएको छ । समाजवादले यस्ता कुराको भण्डाफोर कार्यक्रम तय गरे पनि कोरोनाका कारण ति कार्यक्रम स्थगित गर्नुपरेको बताए । अवैध तरिकाले दैजिक ज्यालादारी भन्दै छ महिनाको नियुक्ती दिनु कहाँ सम्मको ज्यालादारी हो ? यस्तो कस्तो ज्यालादारी हुन्छ वहाँले भने । बेलडाँडीमा पुस २६ गते नयाँ अधिकृत आउनु भएको छ तर नियत बस पुरानो हाकिमले ३० गते नियुक्ती दिएको छ यो कसरी भयो ? गाउँपालिकाले अन्य यस्ता प्रकृया भन्दा बाहिर गएर धेरै कुराहरु गरेको छ यी सबै खारेज हुनुपर्छ वहाँले भने ।

बेलडाँडी गाउँपालिकाले २०७८ पुस ३० गते तीन जना कर्मचारीलाई दैनिक ज्यालादारी भन्दै नियुक्ती दिएको थियो । जसमा दिपेन्द्र बहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ भने निरज कठायतलाई कार्यालय संग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि ठाडो नियुक्ती दिइएको छ । यस्तै रौतेली स्वास्थ्य चौकीमा कोभिड १९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभए सम्मका लागि अहेब पदमा सुनिता रानालाई २० हाजर तलब खानेगरी माघ १ गते देखि २०७९ असार मसान्त ६ महिना सम्मका लागि नियुक्ती दिइएको छ । तीन वटै नियुक्ती पत्रमा पुस ३० गते पुराना अधिकृत गणेश दत्त भट्टको हस्ताक्षर रहेको छ ।

यसरी नयाँ अधिकृत पुस २६ गते हाजिर भइसक्दा समेत ३० गते पुरानै अधिकृतले नियुक्ती दिनुमा सर्वसाधारणहरुले संका गरेका छन् । पुराना अधिकृतको जिल्ला समन्वय समितिमा शरुवा भइ सकेका छन तर रवाना नलिएर यति बेला विदामा बसेका छन् ।

यस विषयमा गाउँपालिका प्रमुख धन बहादुर थापा क्षेत्रीलाई सोध्दा गाउँपालिकाको आवश्यकता अनुसार नियुक्ती दिएको जनाए । यस्तै अधिकृत गणेश दत्त भट्टले ज्यालादारीको हिसावले राख्न मिल्ने भएकाले बेलडाँडी गाउँपालिकाको आवश्यकता हेरेर राखिदिएको हुँ भने।

नयाँ अधिकृत पदम राज जोशीले यो कार्य भएको आफुले अस्ती मात्र थाहाँ पाएको बताए । तर यो कार्य सरासर गलत भएको बताउदै यो कसरी भएको हो, के आधारमा नियुक्ती गरे तुरुन्त कार्यपालिकाको बैठक बसालेर ७ दिन भित्रै यसको जवाफ दिने जनाए । उनले भने कुनै निर्णय छैन् सिधा नियुक्ती दिन त नमिल्नु पर्ने म सबै प्रकृया हेरेर जवाफ दिने छु ।

नियुक्त हुनेमा कठायत वडा नं।२ का अध्यक्ष प्रेमराज खातीका ज्वाई हुन भने बिष्ट हालसालै नेकपा एमाले जिल्ला कमिटी सदस्य विर बहादुर बिष्टका भतिजा हुन, र राना केहिदिन पहिला देखि रौतेली स्वास्थ्य चौकीमा स्वयमसेवकको रुपमा कामगर्दै आएका थिए । यस अघि बुधबार मात्र नेकपा माओवादी केन्द्र बेलडाँडीले सो नियुक्ति खारेज गर्न माग गरिसकेका छन् ।
नियुक्ती पत्र सहित हेर्नुस्

ताजा समाचार