Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी...

बेलडाँडीमा अवैध बाटोबाट तीन जना कर्मचारी भर्ना, माओवादी केन्द्र बेलडाँडीद्धारा अवैध कर्मचारी भर्ना खारेजीको माग

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा अबैध कर्मचारी भर्ना गरेको भन्दै नेकपा माओवादी केन्द्र बेलडाँडीले खारेजीको माग अघि सारेको छ ।
आज कार्यालयका नयाँ अधिकृत संगको भेटघाट कार्यक्रमका विच माओवादीले उक्त कर्मचारी भर्ना कसरी र कुन प्रकृयाबाट गरेको भन्दै अबैध कार्य तुरुन्त रोक्न माग गरेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ईश्वरी प्रसाद भट्टले गाउँपालिकाले मनोगत जनविपरित गरेका सबै निर्णय खारेज गर्नु पर्ने बताए । यस्तै महिला नेत्री कल्पना गिरीले भने यसरी गाउँपालिकाले अवैध तरिकाले कसरी भर्ना गरेको भन्दै यस्ता गतल निर्णय तुरुन्त खारेजको माग गरेका छन् ।

गाउँकमिटी अध्यक्ष डम्बर शाहले भने बेलडाँडी गाउँपालिकामा सेवाग्राही जादा कर्मचारी कार्यालयमा नभेटिने समस्या पुरानै रहेको भन्दै यसलाई व्यवस्थापन गर्न आग्रह गर्नु भयो ।

उपाध्यक्ष सुगन्ध सोतीले भने यस गाउँपालिकाको धेरै सिस्टम नमिलेको र सिस्टमा सुधार ल्याउन नयाँ अधिकृतलाई आग्रह गर्नु भयो । यस्तै अर्का उपाध्यक्ष जनक राज गिरीले भने यस कार्यलय संग समिक्षा गरेर अगाडी बढ्नुपर्ने बताए । देश माओवादी एजेण्डामा चलेको भन्दै भ्रष्टचार हाम्रो एजेण्डा नभएको जनाए ।
यस्तै गाउँकमिटी सचिव चेत बहादुर शाहले भने यस गाउँपालिकामा नयाँ अधिकृत पुष २६ गते हाजिर भएको र पुष ३० गते पुरानै अधिकृतले कसरी नियुक्ति दिए यस बारेमा तुरुन्त गाउँपालिकालाई जबाफ मागे । बेलडाँडी वाइसीएल इन्चार्ज दिपक खडकाले भने बेलडाँडीमा भएका गलत कार्यको भण्डाफोर गर्ने बताए । प्रतिपक्ष दलहरु व्याक्तिगत स्वार्थ पुरा गर्नको लागि मौन बस्ने गरेको र हामीले सबैलाई सुध्रिन आग्रह गरेका छौं । खेलमैदानमा समेत भ्रष्टचार भएको र यसबारेमा छानविन हुनुपर्ने धारण व्यक्त गर्नु भयो ।

बेलडाँडी गाउँपालिकाले २०७८ पुस ३० गते तीन जना कर्मचारीलाई दैनिक ज्यालादारी भन्दै नियुक्ती दिएको छ । जसमा दिपेन्द्र बहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ भने निरज कठायतलाई कार्यालय संग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि ठाडो नियुक्ती दिइएको छ । यस्तै रौतेली स्वास्थ्य चौकीमा कोभिड १९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभए सम्मका लागि अहेब पदमा सुनिता रानालाई २० हाजर तलब खानेगरी माघ १ गते देखि २०७९ असार मसान्त ६ महिना सम्मका लागि नियुक्ती दिइएको छ । तीन वटै नियुक्ती पत्रमा पुस ३० गते पुराना अधिकृत गणेश दत्त भट्टको हस्ताक्षर रहेको छ ।
यसरी नयाँ अधिकृत पुस २६ गते हाजिर भइसक्दा समेत ३० गते पुरानै अधिकृतले नियुक्ती दिनुमा सर्वसाधारणहरुले संका गरेका छन् । पुराना अधिकृतको जिल्ला समन्वय समितिमा शरुवा भइ सकेको छ तर रवाना नलिएर यति बेला विदामा बसेका छन् ।

यस विषयमा गाउँपालिका प्रमुख धन बहादुर थापा क्षेत्रीलाई सोध्दा आफु यस विषयमा अनविज्ञ भएको बताए । यस्तै अधिकृत गणेश दत्त भट्टले ज्यालादारीको हिसावले राख्न मिल्ने भएकाले बेलडाँडी गाउँपालिकाको आवश्यकता हेरेर राखेको बताए ।

नयाँ अधिकृत पदम राज जोशीले यो कार्य भएको आफुले हिजो मात्र थाहाँ पाएको बताए । तर यो कार्य सरासर गलत भएको बताउदै यो कसरी भएको हो, के आधारमा नियुक्ती गरे तुरुन्त कार्यपालिकाको बैठक बसालेर ७ दिन भित्रै यसको जवाफ दिने जनाए । उनले भने कुनै निर्णय छैन् सिधा नियुक्ती दिन त नमिल्नु पर्ने म सबै प्रकृया हेरेर जवाफ दिने छु ।

नियुक्त हुनेमा कठायत वडा नं.२ का अध्यक्ष प्रेमराज खातीका ज्वाई हुन भने बिष्ट हालसालै नेकपा एमाले जिल्ला कमिटी सदस्य विर बहादुर बिष्टका भतिजा हुन, र राना केहिदिन पहिला देखि रौतेली स्वास्थ्य चौकीमा स्वयमसेवकको रुपमा कामगर्दै आएका थिए ।
नियुक्ती पत्र सहित हेर्नुस्

 

ताजा समाचार