Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीसुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन सुरु

धनगढी,

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन सुरु भएको छ। अहिले बिहान ९ बजेबाट निर्वाचन सुरु भएको हो। प्रदेश निर्वाचन कार्यालयका अनुसार मतदान दिउसो ३ बजेसम्म चल्ने जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका हुन। गठबन्धनका तर्फबाट खुल्लातर्फ नेपाली कांग्रेसका नारायण मिश्र, महिलातर्फ नेकपा (एस)का गरिमा शाह र दलिततर्फ माओवादीका जगत पार्की उम्मेदवार रहेका छन् भने नेकपा (एमाले)बाट खुल्ला पुरुषतर्फ दिल्लीराज भट्ट महिलातर्फ सन्तोषी शर्मा र दलित तर्फ नरेश कुमार विश्वकर्मा उम्मेदवार रहेका छन् । प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

ताजा समाचार