Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीमा चितुवाले दैनिक किसानका बाख्रा खादै, सम्वन्धित निकाय मौन

बेलडाँडीमा चितुवाले दैनिक किसानका बाख्रा खादै, सम्वन्धित निकाय मौन

बेलडाँडी,
बेलडाँडीमा दैनिक चितुवाले किसानका बाख्रा खानथालेको धेरै भइसक्यो । प्रत्येक रातै पिच्छे चितुवा गाउँमा पसरे किसानले मेहिनेत गरेर पालेका खसी बाख्रा खान थालेको छ ।
गए राती बेलडाँडी वडा नं.२ क्याम्पटोलका शंकर ओलीको गोठमा राती करिब १० बजेको समयमा चितुवाले बाधेको २० किलो बराबरको खसीलाई खाइदिएको छ । राती खसीले एकपटक मात्र आवाज निकाल्दा चितुलाले घसार्दै निकुञ्ज तिर लगेको पिडित ओलीले बताए ।

यस्तै केहि दिन पहिला चवन्नी खल्ला बस्ने यज्ञ खडका, सम्भुको गोठमा पसेर खसी बाख्रा खाएको थियो । यसरी दिन प्रतिदिन किसानले मेहनतका साथ पालेका खसी बाख्रा खाइदिदाले स्थानिय बासिन्दा चिन्तित बनेका छन् ।

चितुवा नियन्त्रणको लागि निकुञ्ज कार्यालले खासै चासो नदिएको देखिन्छ । निकुञ्ज किनारका बस्तीमा जंगली जनावरको निकै विगविगी बढेको छ । हात्ती,गैडा, चितुवा, बदेल, बादर र चराचुरुङ्गीहरुले बालीनाली स्थानीयहरुको नाश गर्दै आएका छन् । यसरी स्थानयीयले दुख पाउदा समेत स्थानीय सरकार, बन कार्यालय लगायत सबै सम्वन्धित निकाय मौन छन् ।
चितुवाको खोजी गरी ठाउँ सारी गरे केहि सहज हुन सक्ने स्थानियको भनाई छ ।           

ताजा समाचार