Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीनेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरद्धारा स्वास्थ्यकर्मीहरुको हकहितको माग गर्दै १४ बुदे ज्ञापन...

नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरद्धारा स्वास्थ्यकर्मीहरुको हकहितको माग गर्दै १४ बुदे ज्ञापन स्थानीय सरकारलाई बुझाउदै

बेलडाँडी,
नेपाल स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरद्धारा स्वास्थ्यकर्मीहरुको हकहितको मागगर्दै १४ बुदे ज्ञापन पत्र कञ्चनपुरका स्थानिय सरकारलाई बुझाउने काम शुरु गरेको छ ।

स्वास्थ्य प्राविधिक संघ कञ्चनपुरले आज बेलडाँडी गाउँपालिका देखि ज्ञापन पत्र बुझाउन शुरु गरेको संघका अध्यक्ष मान बहादुर चन्दले जानकारी गराउनु भयो । उहाँका अनुसार कोभिड १९ महामारीको समयमा स्वास्थ्य संस्था र अस्पतालमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी,सरसफाईकर्मी,एम्वुलेन्स र शव वाहन चालक र कर्मचारीहरुलाई आ.व. २०७६।७७ देखि हाल सम्मको जोखिम भत्ता तुरुन्त उपलब्ध गराउनका साथै तेस्रो लहरमा जोखिम भत्ता पाउने सुनिश्चितता गरी स्वास्थ्यकर्मीलाई उच्च मनोवलका काममा खटाउन जोडदार माग जस्तै १४ बुझे बाग सहितको ज्ञापन बुझाएको बताए ।

यस्तै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले ज्ञापन पत्र बुझ्दै स्वास्थ्यकर्मीले आफ्नो ज्यानको प्रवाह नगरी जनताको स्वास्थ्यको पक्षमा निरन्तर काम गर्ने कर्मीहरुलाई सम्मान गर्दै यी बुदाहरु मध्ये केहि सम्वोधन गर्ने बताए । यस्तै बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम राज जोशीले भने केहि दिनमै कार्यपालिकाको बैठक बस्ने र बैठक बाट यी माग सम्वोधनका लागि पुर्ण प्रयास गर्ने बताए ।

यस्तै आज बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकामा ज्ञापन पत्र बुझाएको बताए अन्य स्थानीय तहहरुमा समेत लगातार बुझाउने कार्यक्रम रहेको अध्यक्ष चन्दले बताए । अन्य स्थानीय तहहरुले समेत माग जायज भएको र सम्वोधन गर्ने कार्य रहने जनाइएको बताए ।

यसरी उच्च मनोवलका साथ काम गर्ने स्वास्थ्य कर्मचारीहरुलाई थप हौसला प्रदान गर्नुपर्ने अधिकांसले जनाएका छन् ।

ताजा समाचार