Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी एमालेमा मचियो हंगामा, किर्ते हस्ताक्षर कसको ?

बेलडाँडी एमालेमा मचियो हंगामा, किर्ते हस्ताक्षर कसको ?

बेलडाँडी,
नेकपा एमाले बेलडाँडी गाउँपालिकामा हंगामा मचिएको छ । एमाले जिल्ला अधिवेशनमा बेलडाँडी गाउँकमिटिको लेटरप्याड किर्ते प्रयोग गरेर उम्मेदावर खारेजीको लागि निर्वाचन मण्डललाई परेको निवेदनका विषयमा बेलडाँडीमा हंगामा मचिएको छ ।

बेलडाँडी गाउँकमिटी सचिवालयको अस्ती बसेको किर्ते हस्तारक्षर कसले गरेको हो भन्ने टुङ्गो नलागे पछि आज फेरी बेलडाँडीका जिल्ला कमिटी सदस्य समेतको बैठक बोलाइएको एमाले श्रोतले जनाएको छ । यसरी पार्टीलाई कमजोर बनाउने सडयन्त्र भएको भन्दै, नेकपा एमाले बेलडाँडीका कार्यकर्ताहरुले आवाज उठाउदै आएका छन् । भुगोलबाट बेलडाँडीका ४ जनाको उम्मेदवारी परेको थियो जस्मा कृष्ण कुमार रोकाया गाउँकमिटीमा नभएको भनेर गाउँकमिटी अध्यक्ष लक्ष्मण सिह भाटको नामको किर्ते हस्ताक्षर सहित बेलडाँडी गाउँपालिकाको लेटरहेडमा उजुरी परेको थियो । उक्त किर्ते उजुरी कसले दिएका थिए भन्ने अहिले सम्म एकिन भएको छैन् ।

निर्वाचन मण्डलले परेको उजुरी झुठो भएको प्रमाणित गर्दै उम्मेदावारी सदर गरेर निर्वाचन भएको थियो । बेलडाँडी एमाले शुभचिन्तकहरुले यो बदमासी कसले गर्यो तुरुन्त पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनु पर्ने बताएका छन् । यसले बेलडाँडी एमालेलाई कमजोर पार्न खोजेको भन्दै यस्ता किर्ते कार्य कसैले पनि नगर्नु पर्ने बताए । पार्टीलाई बलियो बनाउने हो भने यस्ता किर्ते कार्यको छानविन भई दोषीलाई कारवाही गरिनु पर्ने अधिकांसको धारण छ ।

ताजा समाचार