Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका चिया पसलहरुमा चल्नथाल्यो चुनावी गफ

बेलडाँडीका चिया पसलहरुमा चल्नथाल्यो चुनावी गफ

बेलडाँडी,
सरकारले चुनावको विषयमा छलफल चलाए पछि सबै जसो चिया पसलमा चिया गफ चुनावकै चर्चा हुन थालेको छ । यति बेला जहाँ चिया पसलमा चुनावकै कुरा मात्र सुनिन्छ ।

यस्तै बेलडाँडीका चिया पसलहरुमा समेत चुनावी चिया गफ निकै चल्ने गरेको छ । यति बेला अहिले सम्माका जनप्रतिनिधीहरुले गरेका काम र अव कस्तो नेतृत्व छान्नु पर्ने बिषयमा निकै गफ हुने गरेको पाईएको छ । बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधीले गरेको कामको समिक्षा गर्दै यीनले गरेका कमजोरीलाई अव आउने नेतृत्वले नदोहर्याउनु परोस भन्नको लागि योग्यता र क्षमतामा विषेश जोड दिएर  बहस हुने गरेको छ । कार्यपालिका, न्यायपालिका बलियो बनाउनका लागि योग्यता र क्षमताको बिषयमा छलफल हुने गर्दछ । अधिकांस बेलडाँडीका जनप्रतिनिधी योग्यता कम भएकाले धेरै कुरा नबुझे र हचुवाको भरमा काम गर्ने नियमसंम्वद काम गर्न नसकिएको पाइन्छ, कतिपय कार्यपालिकाले गरेका निर्णयहरु यहाँका स्थानिय बासिन्दाले खारेज गरिदिएका छन् ।

त्यसैले यति बेला सबै पार्टीका नेताहरुले अफ्ना उम्मेदवार पठाउदा योग्यता र क्षमतामा विषेश ध्यान दिनुपने बताउछन् । योग्यता भयो भने उसको क्षमता अभिवृद्धि छिट्टै हुन सक्छ भन्ने हिसावले योग्यता भएका हरुलाई पार्टीहरुले टिकेट दिए राम्रो हुने निश्कर्ष निकालिएको भेटिन्छ । यति बेला पार्टीमा योगदान भएकाहरुको मात्र मुल्याङ्कन गरी टिकेट दिने काम हुन्छ तर योग्यतावान उसैपार्टीको जिन्दगी भर शुभचिन्तक भएर बसेकाहरुको कुनै मुल्याङ्कन हुदैन् यति बेला कांग्रसे, एमाले, माओवादीमा नयाँ योग्यता भएका महिलाहरुको इन्ट्री हुने संकेत समेत देखिन थालेको छ । आम नागरिकले समेत योग्यता क्षमता भएको नागरिकले कार्यपालिका, न्यायपालिकाको नेतृत्व गरोस् भन्ने चाहेका छन् । पार्टीलाई समय योगदान गरेका तर योग्यता नभएकाहरुलाई संगठन बनाउने जिम्मेवारी दिएर अगाडी बढे सबैको भलो हुने स्थानीयहरुको भनाई छ ।

यसरी सबै पार्टीले अव नेतृत्व चयन गर्दा वा जनप्रतिनिधी पठाउदा योग्यता भएका मान्छे पठाए सबैको लागि भलो हुने निश्चित छ । हैन भने अहिलेको भन्दा झिन हालात विग्रिने विज्ञहरुको भनाइ छ ।

ताजा समाचार