Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकी अधिकृतको स्वागत, केही नयाँ गर्ने प्रतिवद्ध

बेलडाँडी गाउँपालिकामा नयाँ प्रमुख प्रशासकी अधिकृतको स्वागत, केही नयाँ गर्ने प्रतिवद्ध

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा नयाँ कार्यालय प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरिएको छ ।

जिल्ला समन्वय समितिबाट बेलडाँडी गाउँपालिका शरुवा भएका नयाँ कार्यालय प्रमुख पदम राज जोशीको बेलडाँडी गाउँपालिकामा कर्मचारीहरुद्धारा स्वागत गरिएको छ । गाउँपालिकका कर्मचारीहरुले नयाँ सोच नयाँ जागरका साथ आएका हाकिमको स्वागत गरिएको जनाए ।

बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टको जिल्ला समन्वय समितिमा सरुवा भए पछि जोशीको बेलडाँडीमा इन्ट्री भएको हो । नयाँ जिम्मेवारी बोकेर आएका जोशीले केही नयाँ र राम्रो गर्ने प्रतिवद्ध गरे । उहाँले भने आफुलाई धेरै कुरा थाहाँ नभएको र बेलडाँडीको पक्ष र हितमा कानुनी प्रकृयाले काम गर्ने जनाउनु भयो ।

बेलडाँडीमा नयाँ हाकिम आएपछि सबैको ध्यान उनी तिरै गएको छ । नयाँ हाकिमले बेलडाँडीको पक्षमा कसरी काम गर्छन, आन्तरिक कर्मचारी व्यवस्थापन कसरी गर्छन, जनप्रतिनिधीहरु र स्थानीयहरु संग कसरी समन्वय गर्छन भन्ने बिषयमा सबैको चासो बनेको छ ।

 

ताजा समाचार