कञ्चनपुर,
रोजगारीको सिलसिलामा भारतको बेङ्लोरबाट हिजो बिहान घर फर्किने क्रममा भारतकै पलिया बजारबाट एक युवा हराएका छन् ।
शुक्लाफाँटा नगरपालिका १० झलारी बस्ने जोगराज ऐर अन्दाजी बर्ष ३५का युवा भारतको बेङ्लोरबाट साथी संग गौरीफाटा नाकाहुदै घर आउनको लागि हिडेका युवा बसबाट झर्दै हराएका छन् । मानसिक सन्तुलन बिग्रीदै गरेका युवालाई घर ल्याउने क्रममा आफुलाई कोही मार्न आउन लागेको बताउदै भागेको आफन्तले जनाएका छन् ।

मलाई ठुलो संख्यामा कोही मार्न हतियार सहित पछि लागेको आफन्तलाई फोनमा भनेका छन् । मानसिक अवस्था विग्रिन लागेकाले उनलाई घर ल्याउन खोज्दा पलियाबाट फराए भएका हुन । एकाएक उनी विरामी भएपछि कतिबेला के कति बेला केही बोल्दै आएका थिए । जसरी पनि उपचार गराउनका लागि घर ल्याउन खोज्दा बाटो बाटै हराएको उनका आफन्त राज बहादुर बिष्टले जानकारी गाराउनु भयो । उहाँका अनुसार तिनको फोटो सबैठाउँमा पठाएका छौं जसले फेला पारे वा देखेमा हामीलाई खवर गरेर सहयोग गरिदिन आग्रह गर्नुभयो । उनका आफ्न्तजन यति बेलो चिन्तित हुदै खोजी कार्यमा जुटेका छन् । उहाँलाई भेट्नेले ९८४८७३६८५३, ९८०९४६८८६० मा सम्पर्क गरी सहयोग गरिदिनु होला ।
उहाँको फोटोहरु
