Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीछानविनमा खटिएका प्रहरीद्धारा मोवाइल चोरी, प्रहरीको विश्वास कसरी गर्ने ?

छानविनमा खटिएका प्रहरीद्धारा मोवाइल चोरी, प्रहरीको विश्वास कसरी गर्ने ?

धनगढी,
कैलालीको धनगढीस्थित एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरेको भिडियो सार्वजनिक भएको छ। धनगढीस्थित ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा एक प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको हो।

 

लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको थियो, सञ्चालक सुवास रावलका अनुसार खानतलासीको नाममा दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेका छन्। उनले चोरीमा सलग्न प्रहरीलाई कार्बहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले सो बारे छानबिन भइरहेको बताए।

यता प्रहरीले भने लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको थियो। धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।

ताजा समाचार