Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीएमाले कञ्चनपुरका नव निर्वाचित पदाधिकारीको पदभार

एमाले कञ्चनपुरका नव निर्वाचित पदाधिकारीको पदभार

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरका नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन । एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट सुरेन्द्र विष्ट प्यानल निर्वाचित भएको थियो । अध्यक्ष विष्ट सहित सचिव पल्लवराज भट्ट, उप सचिव कर्ण चन्द, फैरु तामाङ्ग सहितले पदभार ग्रह गरेका छन ।
पदभार कार्यक्रममा पोलिट्ब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज निरुदेवी पाल, केन्द्रीय सदस्य कृपराम राना, लेखा आयोग सदस्य ईश्वरी खरेल, सहितका नेता कार्यकर्ता, पाटी निकट पत्रकारको उपस्थिति रहेको थियो । पदभार ग्रहण गर्दै एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले पार्टीलाई भावि चुनाव जिताउने प्रतिबद्धता जाहेर गरेका छन ।
एमाले कञ्चनपुरको नेतृत्व सहमतीय आधारमा नभएपछि चुनावबाट भएको थियो । एमाले कञ्चनपुरको अध्यक्षका लागि पुर्व माओवादीबाट आएका एमाले नेता बिर बहादुर थापा(पातल) र एमाले निर्वतमान सचिव सुरेन्द्र विष्ट प्यानल चुनावी मैदानमा उत्रिएको थियो । विष्टको पक्षमा पोलिटब्यूरो सदस्य निरुदेवी पाल, केन्द्रीय सदस्यद्वय कृपाराम राना नर बहादुर धामी र पातलको पक्षमा अर्का पोलिटब्यूरो सदस्य राजेन्द्र सिह रावल केन्द्रीय सदस्यद्वय कमला बोहरा ईन्दु कडरिया(विष्ट), युवा संघका निर्वतमान अध्यक्ष बचन बहादुर सिह थिए । कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य समेत रहेकी निरुदेवी पालले अध्यक्षमा पराजित भएका बिर बहादुर थापा(पातल)को व्यवस्थापन गरिने घोषणा गरिन ।

ताजा समाचार