कञ्चनपुर,
विवाहमा सहभागी भएका शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका अन्ताजी २८ वर्षिय बिरेन्द्र बहादुर चौधरी आज विहान मृत अबस्थामा फेला परेका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमंका अनुसार गाउँ नजिकैको विवाहमा राती सहभागी भएका चौधरी विहान बेहोस अबस्थामा फेला परेपछि उपचारका लागि अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।
‘मृत्युको कारण बारे अनुसन्धानको कार्य भैरहेको छ’ उनले भने, ‘के कती कारणले मृत्यु भएको भन्ने बारे बुझदै छौं ।’
‘विवाह भैरहेको घरको अर्को घरको गोठमा सुतेका चौधरी विहान नउठे पछि स्थानियले उठाउन खाजे उठेनन्’ वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भने,‘नउठेपछि प्रहरीलाई खवर गरी अस्पताल पुरयौं । त्यस अघिनै मृत्यु भैसकेको रहेछ ।’
स्थानिय बासिन्दाका अनुसार चौधरीले विवाहमा राती मदिरा सेवन गरेका थिए । भारतमा रोजगारी गर्दै आएका चौधरी केही दिन अघि मात्रै घर फर्केका थिए । मृतको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

