Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीबागेश्वरी सहकारीको निर्वाचन कोरोनाका कारण स्थगित गर्न जिल्ला प्रमुखको आदेश

बागेश्वरी सहकारीको निर्वाचन कोरोनाका कारण स्थगित गर्न जिल्ला प्रमुखको आदेश

बेलडाँडी,
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं.४ मा रहेको बागेश्वरी बहुद्देश्यीय सहकारी संस्थाको पाचौं अधिवेशन जारी रहेको छ । अधिवेशनले निर्वाचन मण्डल गठन गरी निर्वाचन प्रकृया अघि बढाएको छ । माघ ८ गते निर्वाचन हुने निर्वाचन मण्डलले सूचना जारी गरेका बेला कोरोनाका बिचमा चुनावी चहलपहल बढेको छ ।

१७ बर्ष सम्म सहमतिका साथ नेतृत्व चयन भएको यो सहकारीमा यसपाली चुनावी माहोल बनेकोछ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण सम्वन्धि २५ जना भन्दा बढी भेला नहुने पुस २८ गते आदेश गरेको छ । आदेशको अवज्ञा गरेर निर्वाचन गराउन खोजकोले कञ्चनपुर प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सहकारीलाई उक्त कार्य अहिले नर्गन पुनः आदेश गरेका छन् ।

१२ सय सदस्य रहेको सहकारीले अहिले कोरोना कहर बढेका बेला यस्तो कार्य नर्गनु पर्ने स्थानियको भनाई छ । अहिले चुनाव आफ्नो पक्षमा पार्नको लागि भारतमा रहेका सदस्यहरुलाई चोरबाटो भएर नेपाल भित्र्याउने कार्य भएको बताए । यदी समयमै सचेत नुहने हो भने नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्ने निश्चित देखिनछ ।

 

ताजा समाचार