Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीजुत्ता सिलायर छोरालाई डाक्टर पढाउदै खिमुदेवी सार्की

जुत्ता सिलायर छोरालाई डाक्टर पढाउदै खिमुदेवी सार्की

धनबहादुर बिक/कञ्चनपुर

कुनै पनि बाबुअामाले अाफ्ना सन्तानको उज्ज्वल भबिष्य को परिकल्पना गरिरहेका हुन्छन् नवीन कार्य गरि समाजका सामु नाम कमाईदिए हुन्थ्यो वा शिर ठाडो हुने कार्य गरेर देखाईदिए हुन्थ्यो भन्ने सपना देख्दै अाईरहेका हुन्छन ।

सीप सिकेर अात्मनिर्भर बनोस वा व्यापार व्यवसायमा सफलता प्राप्ति गरि सम्पति कमाउने होस , वा खेल क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा नाम कमाअोस वा धेरै पढेर डाक्टर ईन्जिनियर वा सामाजिक सेवा क्षेत्रमा सक्रिय होस यस्तै यस्तै परिकल्पना अधिकांस बाबु अामाले गरेका हुन्छन । छोराछोरीले पनि बाबुअामा को सपना साकार पार्न उत्तिकै मेहनत गर्नुपर्ने दायित्व रहन्छ ।

यसैबिच गरिब तथा दलित परिवार मा जन्मेर पनि पुनर्वास का गणेश बयलकोटि सार्की ले बाबुअमाको सपना पूरा गर्दै छन । कञ्चनपुर पुनर्वास नगरपालिका ३ अाई वी अार डी कालिका बजार को सहिद गेट नजिकै विगत १८ बर्षदेखी जुत्ता सिलाउने काममा रहेका सियाराम सार्की बयलकोटी र श्रीमती खिमुदेवी सार्की दुई दम्पतीले छोरालाई डाक्टर बनाउने सपना पूरा गर्दैछन । बाबु अामाको सपना पूरा गर्न छोरा गणेश बयलकोटी सार्की ले पनि अाफ्ना गरिब बाबु अामालाई कहिल्यै निराश गरेनन ।

अाधारभुत एस एल सी सम्म पुनर्वास नगरपालिका ३ अाईवीअारडी स्थित श्री जनकल्याण मावि बाट पूरा गरेका हुन । अाधारभुत तह देखि नै निकै मेहनती , जेहेन्दार , अनुसासित बिध्यार्थि रहेको विद्यालय का प्रधानअध्यापक रामनारायण कंडेल बताउनुहुन्छ । हाल संघीय राजधानी काठमाण्डौं को क्रिष्ट मेडिकल कलेजमा अन्तिम बर्ष अध्ययनरत गणेश ले गरिब तथा दलित परिवार मा जन्मेर पनि शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय उन्नति र प्रगति अाफुहरू निकै गौरवान्वित महसुस भएको प्र अ कंडेल बताउनुहुन्छ । प्रारम्भिक शिक्षा जनकल्याण माविमा अध्ययन गर्दै गर्दा उनको शैक्षिक गुणस्तरीय तथा गरिबिका कारण विध्यालयबाट नि:शुल्क पढ्ने वातावरण गरिएको थियो प्रअ कंडेलले बताउनुभयो ।

गणेश ले कैलालीको नाष्ट कलेज बाट अाई एस सी उत्कृष्ट अंक ल्याएर पूरा गरे । क्रिष्ट ले अाव्हान गरेको छात्रवृत्ति कोटाका लागि गणेश ले नाम निकाल्न सफल भए । २ छोरा १ छोरी का का पिता सियाराम अाफ्ना छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिने उदेश्य ले वैदेशिक रोजगारीका लागि विदेश गए करिब साडे तीन बर्ष मलेसियामा बसेका सियाराम लाई अचानक प्रेसर ले अाक्रमण गरेपछि जेनतेन घर फर्किय , विदेश जांदा को ऋण त तिर्न सके तर अार्थिक विपन्नताबाट मुक्त हुने र छोराछोरीलाई राम्रो शिक्षा प्रदान गर्ने परिवारलाई सुखि शान्ति मा राख्ने सपना अधुरै रह्यो ।

यता सियाराम कि जिवनसंगिनी खिमुदेवीलाई चौतर्फी बज्रपात बर्सियो , कमाउन गएका श्रीमान विरामि भई फर्किए , उनलाई उपचार पनि गराउनुपर्ने , विरामिको सेवा पनि गर्नुपर्ने , अामदानी को रूपमा रहेको एकमात्र व्यवसाय जुत्ता पसल पनि चलाउनुपर्ने , छोरालाई उच्च शिक्षा हासिल गर्ने सपना पनि पूरा गर्नुपर्ने । यति धेरै चुनौती हुँदा पनि उनले हिम्मत हारिनन , उनको जुत्ता सिलाउने पेशामा छोराले पनि साथ दियो । तर अाजोलि जुत्ता सिलाउने पेशामा खिमुदेवी एक्लै संघर्ष गर्दै छिन । श्रीमान्लाई लाग्ने मासिक ३ हजार रूपैया उपचार खर्च छोराको पढाइ खर्च घरखर्च पूरा गर्नु छ उनले भनिन । जुत्ता सिलाई पेशामा दैनिक ४०० देखि ७०० सम्म कमाई हुनेगरेको उनले बताईन ।

काठमाडौंमा एम बी बी एस पढ्दै गरेको छोरा गणेश लाई कलेजको मासिक शुल्क १० हजार र खाने बस्ने खर्च १० हजार गरि २० हजार महिना , श्रीमानको उपचार खर्च महिनाको ३००० घरखर्च अनि दुई छोराछोरी को पढाइ खर्च , घर खर्च सबै जुत्ता सिलाई पेशामै निर्भर रहेको खिमु देवी बताउछिन । एम बी बी एस पढाउन तथा श्रीमानको उपचार का लागि पुर्ख्यौलि सम्पत्ति १० कठ्ठा जग्गा बिक्री गर्नुपरेको बताउदै एकबर्षदेखी छोरा को शैक्षिक शुल्क दिन बाँकी रहेको उनले बताईन । अझै पाँच लाख जति लाग्ने खिमु देवी बताउँछिन् ।

श्रीमान्को उपचार र छोराछोरीलाई पढाउदा चार पाँच बर्षदेखी राम्रो लुगाफाटो र चाडपर्व समेत मनाउन नसकिएको उनले दुख पोखिन । घरमा रहेका दुई सन्तान कान्छो छोरा ट्रिपल बयलकोटी सार्की ११ मा र छोरी प्रतीक्षा बयलकोटी सारकि कक्षा १० मा जनकल्याण माविमा अध्ययनरत छन । जेठो छोरालाई एम वी वी एस पूरा गरिसकेपछि अन्य दुई छोराछोरीलाई पनि उच्च शिक्षा पढाउने खिमुदेवी बताउछिन । हालसम्म कुनै पनि सरकार बाट कुनै सहयोग नपाएको मा सहयोग कुन शिर्षकमा कसरी पाईनने बाे अाफुलाई थाहा नभएको उनले भनिन ।

ताजा समाचार