Monday, August 8, 2022
गृहपृष्ठखेलकुदजिल्ला लिग फुटबल प्रतियोगिता: तीन क्लबको निरन्तर जित,भोलि समुह "ए" अन्तर्गतका तीन...

जिल्ला लिग फुटबल प्रतियोगिता: तीन क्लबको निरन्तर जित,भोलि समुह “ए” अन्तर्गतका तीन खेल हुने

बिकाश सिंह महता/कञ्चनपुर
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को माघ १ गते भएका खेलमा तीन क्लब बिजय भएका छन् ।
आज सनिवार भएका लिगका तीन खेलमा निङ्गलाशैनी युवा समाज ,त्रीपुरा युवा समाज र आदर्श नेपालले जित निकालेको हो।
आज भएको पहिलो खेल निङ्गलाशैनी युवा समाज र महेन्द्रनगर युनाइटेड बिच बिहान १० बजे भएको खेलमा महेन्द्रनगर युनाइटेड लाई निङ्गलाशैनीले ७-२ गोलको अन्तरले हराउदै लिगमा एक बराबरी संगै दुई जितका साथ ७ अंक जोडन सफल भएको छ।No description available. भने महेन्द्रनगर युनाइटेड एक जित दुई हारका साथ ३ अंकमा सिमित , दोस्रो खेल त्रीपुरा समाज र कञ्चन समाज बिच भएको खेलमा त्रीपुराले कञ्चन लाई ३-२ गोलको अन्तरले हराउदै पहिलो जित निकाल्दै दुई खेल बराबरीका साथ ५ अंक रहेको छ । No description available.कञ्चन समाजले भने एक जित दुई लगातार हारका साथ ३ अंकमा चित्त बुझाएको छ। यसैगरी उक्त दिनको अन्तिम खेल आदर्श नेपाल र रोयल गोर्खाज बिचको खेलमा आदर्शले रोयल लाई ४-२ गोलको अन्तरले हराउँदै लिगमा दोस्रो जित निकाल्दै ७ अंक कायम राखेको छ। No description available.रोयल गोर्खाज भने तीन खेलमा तिनै हारका साथ अंक जोड्न सकेको छैन ।No description available.
भोलि आइतबार तीन खेल हुने छन् । जसमा पहिलो खेल युथ क्लब अफ महाकाली र सेक्युर्ड नेपाल बिच बिहान १० बजे, दोस्रो खेल द ग्यालेक्सी युथ क्लब र अरनिको युवा क्लब बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल डिफेन्डिङ लिग च्याम्पियन दिपज्योती युवा क्लब र राम युवा क्लब पुनर्वास बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।No description available.
जिल्ला लिग फुटबल प्रतियोगितामा संघमा आवद्ध १२ क्लबहरु को सहभागिता रहेको छ। जसमा दुई समुहमा बिभाजन गरि लिग संचालनमा रहेको छ।No description available.

ताजा समाचार