कञ्चनपुर,
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र ढुङ्गाना राष्ट्रिय भूमि आयोगको अध्यक्षमा नियुक्त भएका छन ।
माओवादीका युवा नेता ढुङ्गाना राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका हुन । सरकारले ढुङ्गाना सहित २८ जिल्लामा भूमि आयोगको अध्यक्ष नियुक्त गरेको छ । अढाई दशकदेखि राजनीतिमा होमिएका ढुङ्गनालाई सरकारले भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त गरेसंगै उनले सरकारले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जोहर गरेका छन । ०५४साल विद्यालय जिवनबाटै कम्यूनिष्ट विद्यार्थी राजनीतिसंगै जनयुद्धमा होमिएका ढुङ्गाना माआवादी कञ्चनपुरको प्रभावशाली नेता हुन । उनी राष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएसंगै अन्य राजनीतिक दलका नेता कार्यकर्ता सहितले भिजन मिसन भएका नेता नियुक्त भएकाले केही भूमि सम्बन्धी समस्या समाधान हुने आश गरेका छन ।

