Thursday, August 18, 2022
गृहपृष्ठखेलकुदजिल्ला लिग फुटबल प्रतियोगिता: युथ क्लब अफ महाकाली र अरनिको सुखद सुरुवात

जिल्ला लिग फुटबल प्रतियोगिता: युथ क्लब अफ महाकाली र अरनिको सुखद सुरुवात

बिकाश सिंह महता/कञ्चनपुर
अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार कञ्चनपुर जिल्ला फुटबल संघको आयोजना संचालन भएको जिल्ला लिग फुटबल प्रतियोगिताको २०७७/०७८ को ३० गते भएका खेलमा युथ क्लब अफ महाकाली र अरनिको युवा क्लबले सुखद सुरुवात गरेको छ।No description available.
आज शुक्रबार भएका लिगका तीन खेलमा पहिलो खेल दिपज्योती युवा क्लब र सेक्युर्ड नेपाल बिच बिहान १० बजे भएको खेलमा सेक्युर्ड नेपाल लाई दिपज्योतिले २-१ गोलको अन्तरले हराउदै लिगमा दोस्रो जित निकालेको छ। No description available.दोस्रो खेल अरनिको युवा क्लब र राम युवा क्लब बिच भएको खेलमा राम युवा क्लब लाई अरनिको युवा क्लबले २-१ गोलको अन्तरले हराउदै पहिलो जित निकालेको हो। यसैगरी उक्त दिनको अन्तिम खेल युथ क्लब अफ महाकाली र द ग्यालेक्सी युथ बिचको खेलमा युथ अफ महाकालीले द ग्यालेक्सी लाई २-० गोलको अन्तरले हराउँदै लिगमा सुखद सुरुवातका साथै पहिलो जित निकालेको हो।No description available.भोलि सनिवार तीन खेल हुने छन् । जसमा पहिलो खेल महेन्द्रनगर युनाइटेड र निङ्गलाशैनी युवा समाज बिच बिहान १० बजे, दोस्रो खेल कञ्चन समाज र त्रीपुरा समाज बिच दिउँसो १ बजे र उक्त दिनको तेस्रो खेल रोयल गोर्खाज र आदर्श नेपाल बिच दिउँसो ३ बजे महेन्द्रनगरको खुलामञ्चमा प्रतिस्पर्धात्मक खेल हुने लिग संयोजक चन्द्र सिंह थलालले बताउनु भएको छ।
No description available.No description available.No description available.

ताजा समाचार