Monday, August 8, 2022
गृहपृष्ठदैनिक गतिविधीओमिक्रोन भेरिअन्ट फैलन नदिन प्रहरीद्धारा तपाईको मास्क खोई अभियान पुनः सञ्चालन

ओमिक्रोन भेरिअन्ट फैलन नदिन प्रहरीद्धारा तपाईको मास्क खोई अभियान पुनः सञ्चालन

बेलडाँडी,
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोन भेरिअन्ट फैलन नदिन बेलडाँडी ईलाका प्रहरी कार्यालयले तपाईको मास्क खोई अभियान पुनः सञ्चानलमा ल्याएको छ ।

संक्रमण बढन थालेकाले मस्क लगाई सुरक्षित रहन अनुरोध गर्दै “तपाईको मास्क खोई ” अभियान थालेको छ । शुक्रबार विहान सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय बेलडाँडीको आयोजनामा बेलडाँडी २ क्याम्प, चवन्नी वजार लगायतका बेलडाँडीका मुख्य चोकचौराहमा बेलडाँडी प्रहरी प्रमुख रबिन्द्र बहादुर कठायतको नेतृत्वमा बाटोमा आवत जावत गर्ने यात्रुहरूलाई मास्क लगाउनु अनुरोध गर्दै मास्क वितरण समेत गरेका थिए ।

निरीक्षक कठायतका अनुसार “प्रहरीको नियमित कार्यक्रम अन्तरगत सो कोरोना भाईरसको तेस्रो लहर चन्न थालेपछि आफु पनि बचौं अरूलाईपनि बचाउन मस्क प्रयोग गरी सुरक्षित रहन बेलडाँडी प्रवेश गर्ने र बाहिरिने यात्रु र सर्वसाधरणलाई सचेतना मुलक कार्यक्रम गरी मास्क वितरण गरिएको जनाउनु भयो ।”

ताजा समाचार