Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीचुनाव हारेको झोकमा रक्सीले मात्तिएका बेलडाँडी एमाले इन्चार्जद्वारा नेता कार्यकर्तालाई सार्वजनिक स्थलमै...

चुनाव हारेको झोकमा रक्सीले मात्तिएका बेलडाँडी एमाले इन्चार्जद्वारा नेता कार्यकर्तालाई सार्वजनिक स्थलमै गालीगलोच

कञ्चनपुर,
नेकपा एमालेको आठौं जिल्ला अधिवेशन बेलडाँडी भुगोलबाट जिल्ला सदस्य पदमा हारेको झोकमा बेलडाँडी एमाले इन्चार्ज अक्कल बहादुर बिष्टले नेता कार्यकर्ताहरुलाई गाली गरेका छन् ।
रक्सीले मात्तिएका बिष्टले आफुलाई नेता कार्यकर्ताहरुले भोट नदिएको भन्दै सार्वजनिक स्थलमै गालीगलोच गर्दै हिडेका छन् ।

उनले बिर बहादुर थापा पातल प्यानललाई भोट नहालेको भन्दै मतगणना स्थल एमाले पार्टी कार्यालयमै रातीनै गालीगलोच गर्दै हिडेका छन् । आज सम्म टिका लगाएर इन्चार्ज बनेका उनीलाई निर्वाचन प्रणालीमा जादा नेताकार्यकर्ताहरुले नरुचाएका कारण हार बेहोर्नु परेको हो । जिम्मेवार नेता भएका कारण यस व्यवस्थालाई स्वीकार गर्ने ठाउँमा गाली गलोच गर्दै हिडेका छन् । टिके प्रथाका उनीेले यस व्यवस्थालाई अस्वीकार गरेको स्पष्ट देखिन्छ ।

यसरी जिम्मेवार भनिएका व्याक्तिद्धारा सार्वजनिक स्थलमा गालीगलोच गर्नेहरुको बारेमा छलफल गरेर कार्वाही प्रकृया अगाडी बढाउने एमाले कञ्चनपुरले जनाएको छ ।
भिडियो सहित       

ताजा समाचार