कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुुुुर जिल्लाको आठौं अधिवेशन बाट अध्यक्ष पदमा हारेका बिर बहादुर थापा पातलले सामाजिक सञ्जाल फेसबुकमा दखल गर्ने होच्याउनेहरुलाई मेरो चिन्ता नर्गनुस् बरु आफ्नो र आफ्नो पार्टीको चिन्ता गर्नुस् भने ।

सामाजिक सञ्जाल फेसबुकमा थापाका लाई होच्याउने गरी पुर्व पार्टी माओवादीका साथीहरुले स्टाटस लेख्न थाले पछि थापाले भने “यो हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) कंचनपुर को आठौँ अधिवेशनको निर्वाचनमा मलाइ मत दिनु हुने प्रतिनिधी कमरेडहरु प्रति उच्च सम्मान व्यक्त गर्द्छु । साथै अधिवेशन सफल पार्न अहम भुमिका निर्वाह गर्नु हुने सम्पुर्ण प्रतिनिधि कमरेडहरु, नेता ज्युहरु, आयोजक कमरेडहरु, विभिन्न उप समितीका कमरेड हरु, स्वमसेवक कमरेडहरु, निर्वाचन कमिटीका कमरेडहरु, अध्यक्ष मन्डलका कमरेडहरु लगाएत सम्पुर्ण शुभचिन्तक, समर्थक लगायत सुरक्षाकर्मी मित्रहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्द्छु।
साथै निर्वाचित सम्पुर्ण पदाधिकारी कमरेड हरु लाई हार्दिक बधाइका साथै उप बिजेता कमरेडहरुलाइ पनि यो आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रुप मा ग्रहण गर्न पनि हार्दिक अनुरोध गर्दछु। आदरणीय सामाजिक सञ्जालमा दखल राख्ने क्रान्तीकारी मित्रहरु तपाईंहरुले मेरो चिन्ता नगरे कै वेश हुन्छ । तपाईंहरु र तपाईंहरुको पार्टीको चिन्तागर्नु होस । त्यसै मा भलो छ।”
