Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीहाम्रो चुनावी प्रतिबद्धता अनुरुप मझगाँउ विमानस्थल शुचारु ः मेयर विष्ट

हाम्रो चुनावी प्रतिबद्धता अनुरुप मझगाँउ विमानस्थल शुचारु ः मेयर विष्ट

कञ्चनपुर,
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कम्यूनिष्ट पार्टीको चुनावी प्रतिबद्धता अनुरुप कञ्चनपुर मझगाँउ विमानस्थल शुचारु हुने अवस्थामा पुगेको बताएका छन ।
बुधबार मझगाँउ विमानस्थलको शिलान्यास कार्यक्रममा बोल्दै भीमदत्त नगरका मेयर विष्टले आफुहरुको चुनावी प्रतिबद्धता, दृढ संकल्प अनुरुप बन्द रहेको विमानस्थल शुचारुका लागि टेण्डर प्रकृया भई कामकाज शुरुवातको चरणमा पुगेको बताए । ‘हामी सबैको दृढ संकल्प र सपना थियो, हाम्रो त चुनावी प्रतिबद्धता नै हो, ‘मेयर विष्टले भने, ‘अब छिटो बन्नुपर्छ ।’ मेयर विष्टले विमानस्थलको स्तरबृद्धि गर्नुपर्ने बताउँदै अझैपनि भीमदत्त नगरका तर्फबाट थप कामकाज अघि बढाउने बताए ।
‘हामीले जसरी चुनावी नारा राखेर पालिका सरकारका तर्फबाट आवश्यक बजेट र कामकाज अघि बढाएर त्यसरी नै थप स्तर बृद्धिका लागि सहयोग गछौँ, ‘मेयर विष्टले भने, ‘अब मझगाँउ विमानस्थल छिटो बन्नुपर्छ, यस क्षेत्रको विकासका लागि समेत विमानस्थल अपरिहार्य छ ।’ विमास्थल शुचारुका लागि भीमदत्त नगरपालिको ३ करोड ५० लाख हजार नेपाल नागरिक उड्डायान प्राविधिकरणको खातामा रकम पठाईसको छ । भावि दिनमा समेत आर्थिक, भौतिक नैतिक सबै सहयोग गर्ने मेयर विष्टको प्रतिबद्धता छ । ०३० सालदेखि ०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकार सुरक्षाको कारण देखाएर ०५६ सादेखि बन्द गरेको थियो । झण्डै ६६ विगाह क्षेत्रफल र १५.२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । दुई दशकदेखि बन्द रहेको विमानस्थल शुचारुका लागि तीनै सरकार लागि परेका छन ।

ताजा समाचार