Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीमझगाँउ विमानस्थलका लागि आवश्यक बजेट प्रबन्ध गरेका छौँ ः प्रदेश पर्यटनमन्त्री धामी

मझगाँउ विमानस्थलका लागि आवश्यक बजेट प्रबन्ध गरेका छौँ ः प्रदेश पर्यटनमन्त्री धामी

मझगाँउ विमानस्थलका लागि आवश्यक बजेट प्रबन्ध गरेका छौँ ः प्रदेश पर्यटनमन्त्री धाम
कञ्चनपुर, २८
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री मान बहादुर धामी(सन्तोष)ले प्रदेश सरकारले कञ्चनपुरको मझगाँउ विमान स्थल शुचारुका लागि आवश्यक बजेट प्रबन्ध गरेको बताएका छन ।
बुधबार मझगाँउ विमान स्थलको शिलान्यास कार्यक्रममा बोल्दै सुप प्रदेश सरकारका उद्योग पर्यटन तथा वनमन्त्री धामीले प्रदेश सरकारका तर्फबाट मझगाँउ विमानस्थल संचालनका लागि आवश्यक बजेट प्रबन्ध गरिएको बताएका हुन । ‘प्रदेश सरकारले भागमा परेको २५ प्रतिशत बजेट हामीले नागरिक उड्डायन प्राविधिकरणको खातामा बजेट पठाईसकेका छौँ, ‘उनले भने, ‘चालु बर्षमा समेत बजेट विनियोजन गरेका हौँ ।’ सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको बताउदै मन्त्री धामीले चालु बर्षमा समेत बजेट प्रबन्ध गरिएको र भावि दिनमा समेत विमानस्थल शुचारुका लागि प्रदेश सरकार लागि परेको बताए ।
मन्त्री धामीले प्रदेश सरकारले विमानस्थल शुचारु गर्दै प्रदेशकै विकासका लागि काम गर्ने बताए । ०३० सालदेखि ०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकार सुरक्षाको कारण देखाएर ०५६ सादेखि बन्द गरेको थियो । झण्डै ६६ विगाह क्षेत्रफल र १५.२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । दुई दशकदेखि बन्द रहेको विमानस्थल शुचारुका लागि तीनै सरकार लागि परेका छन ।

ताजा समाचार