Wednesday, August 10, 2022
गृहपृष्ठराष्ट्रिय समाचारकञ्चनपुर मझगाँउ विमानस्थलको रनवेय २५ सय मिटर बनाउँनुपर्छ ः पर्यटनमन्त्री आले

कञ्चनपुर मझगाँउ विमानस्थलको रनवेय २५ सय मिटर बनाउँनुपर्छ ः पर्यटनमन्त्री आले

कञ्चनपुर,
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरको मझगाँउ विमानस्थलको रनवेय बृद्धि गर्नुपर्ने बताएका छन । बुधबार मझगाँउ विमान स्थलको शिलान्यास गर्दै पर्यटनमन्त्री आलेले विमानस्थलको रनववेय बृद्धि गर्नुपर्ने बताएका हुन ।
मन्त्री मगरले भविष्यलाई दुरदृष्ट्रिगत राख्दै हाल साविक रहेको १५ सय २५ मिटर बृद्धि गरेर २५ सय मिटर लामो रनवेय बनाउनुपर्ने बताएका छन ।
‘अहिले निर्माण हुने १५ सय २५ मिटर रनवेय हो, ‘उनले भने, ‘पुर्वमन्त्री रमेश लेखकले १८ सय बृद्धि गर्नुपर्ने बताए, तर १८ सय मात्र होईन, २५ सय बनाउनुपर्छ, त्यसका लागि म पहल गर्छु ।’ पर्यटन मन्त्री आलेले मझगाँउ विमानस्थलको स्तर बृद्धिका लागि निकुञ्जतर्फ जमिन अधिकरण गर्नुपर्ने बताए ।
पर्यटनमन्त्री मगरले कञ्चनपुरको मझगाँउ विमानस्थल शुचारुको विकल्प नभएको बताउदै उनले निर्माण कम्पनीलाई स्थानीय स्तरबाट सहयोग गर्नुपर्नेमा जोडदिए । पर्यटकिय, आर्थिक समाजिक एव विवित सम्भावना बोकेको मझगाँउ विमानस्थल थप स्तरबृद्धिका लागि संघीय सरकारले आवश्यक सहयोग गर्ने उनले बताए । ‘धनगढीलाई राष्ट्रिय स्तरको विमान स्थल बनाउन आफ्नो पहलमा १ अर्ब बजेट विनियोजन गरेको छुँ, ‘उनले भने, ‘त्यहाँ राष्ट्रिय स्तरको विमानस्थल निर्माण यहाँ, डोमेष्ट्रिक होईन क्षेत्रीय विमानस्थल बनाउँछु ।’ राजमार्गदेखि विमानस्थल जोड्ने सडक समेत स्तरबृद्धि गर्दै चार लेन बनाउनका लागि पहल गर्ने मन्त्री आलेले प्रतिबद्धता जाहेर गरेका छन । यस अघि गत १० कार्तिकमा विमानस्थलको अनुगमनमा आएका मन्त्री आलेले आवश्यक बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए । ०३० सालदेखि ०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकार सुरक्षाको कारण देखाएर ०५६ सादेखि बन्द गरेको थियो । झण्डै ६६ विगाह क्षेत्रफल र १५.२५ मिटर लम्बाई रहेको बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ ।
स्थानीय सरकार मध्ये दोधाराचाँदनी नगरपालिकाले ६२ लाख, ६० हजार, भीमदत्त नगरपालिको ३ करोड ५० लाख र सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको छ । मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका अध्यक्ष रमेश चन्दले चन्दले तीन वटै सरकारको संयूक्त साझेदारीमा निर्माण हुन लागेको नेपालकै पहिलो बिमानस्थल कञ्चनपुरको मझगाँउ विमान स्थल भएको बताए ।
अध्यक्ष चन्दले प्राविधिकरणको खातामा १२ करोड, ८७ लाख ५६ हजार जम्मा गरिसक्नुपर्ने भएपनि सुप प्रदेश र कञ्चनपुरका दुई पालिका सरकारबाट माग भन्दा ४ लाख बढि जम्मा गरिएको बताए । सचिव चन्दले केही स्थानीयबाटै अवरोध उत्पन्न भएको बताए ।

ताजा समाचार