Wednesday, August 10, 2022
गृहपृष्ठजिवनशैलीतीन/तीन पटक दावीविरोध पर्दा समेत डगमगाएनन् थापाका स्वकीय सचिव रोकाया

तीन/तीन पटक दावीविरोध पर्दा समेत डगमगाएनन् थापाका स्वकीय सचिव रोकाया

बेलडाँडी,
नेकपा एमाले कञ्चनपुरको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि बेलडाँडी भुगोलबाट कृष्ण कुमार रोकायाको उम्मेदवारी रोक्नका लागि तीन/तीन पटक दावी विरोध पर्दा सम्म डगमगाएनन् उनी ।

बेलडाँडी भुगोलबाट पुरुष २ जनाका लागि ४ जनाको उम्मेदवारीमा बिष्ट पक्षका उम्मेदवारबाट तीन/तीन पटक उम्मेदवारी खारेजीको लागि परेको उजुरीको स्पष्टीकरण दिदै अन्तत चुनावमा होमिएका रोकायाले अवको जित आफ्नो होस् या नहोस् आफुले जिते सरकै मानेका छन् । ४ जना उम्मेदवारबाट उनी सबै भन्दा उमेरले कान्छा उम्मेदवार थिए । तर तिनै रोकाया बलियो देखिन थालेपछि नेपका एमाले बेलडाँडी गाउँकमिटिको लेटरप्याड प्रयोग गरेर गाउँकमिटी अध्यक्षको फर्जी हस्ताक्षरका साथ निर्वाचन आयोगलाई पत्राचार गर्दा समेत उनको उम्मेवादरी कुनै हालतमा रोक्न सकेनन् ।

रोकायाले भने आफुमा नयाँ इच्छाशक्ति भएको र पार्टीलाई युवामुखी बनाउनु पर्छ भन्ने अभियान्ता समेत रहेकोले आफुलाई क्लिनस्वीप गर्न खोजेको आरोप लगाए । उनले आफ्नो कसै संग रिसराग नरहेको बताउदै आफ्नो पछाडी खुट्टा काट्नेहरुलाई राम्रो संग चिनेको बताए ।

आफुले यो मतगणना लगत्तै बेलडाँडी पार्टीको कृत्य कार्य कसले गरेको हो यो विषय गम्भिर भएकाले यसमा छानविन गरि कार्वाहीको कार्य अघि बढाउने माग गर्ने बताए ।

ताजा समाचार