कञ्चनपुर,

नेकपा एमाले कञ्चनपुरको ८ औँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि राती ३ बजे मतदान सम्पन्न भएको छ ।
४९९ मतदातामा ४७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला पार्टी कार्यालयमा मंगलबार बेलुका ५ बजेदेखि सुरु भएको मतदान झण्डै ९ घण्टा लामो पौँने ३ बजेसम्म चलेको थियो । मतगणना अहलिे विहान १० बजे हुने निर्वाचन आयोगले जनाएको छ ।
५ जना पदाधिकारी सहित १२० सदस्यीय जिल्ला कमिटी चयनका लागि मतदान भएको हो ।
वर्तमान अध्यक्ष बीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र बिष्ट प्यानल सहित चुनावी प्रतिस्पर्धामा होमिएका थिए ।
थापा प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द र उपसचिवमा शेरबहादुर चन्द उम्मेदवार रहेका थिए भने बिष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्द रहेका थिए ।
