Monday, August 8, 2022
गृहपृष्ठअन्तर्वार्ताबेलडाँडीमा दिउँसै धारिलो हतियारको प्रहारले एक जना घाइते

बेलडाँडीमा दिउँसै धारिलो हतियारको प्रहारले एक जना घाइते

बेलडाँडी,

बेलडाँडी गाउँपालिका वडा नं. २ मा दिउँसै धारिलो हतियार प्रहार गर्दा एक जना सख्त घाइते भएका छन् । आज दिउसो बेलडाँडीको क्याम्प बेलौरी नहरमा रत्नलाल सार्की (२३) माथि बेलडाँडी वडा नं. २ बस्ने राजन दमाई २३को ले नशालु पद्धार्थ सेवन गरेर धारिलो हतियार प्रहार गर्दा सार्की सख्त घाईते भएका छन् ।

प्याज बेचेर घर फर्कने क्रममा विना कुनै कारण सार्कीलाई रोकी उनी माथि धारिलो हतियार (खुणा) प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाईते सार्कीको शरिरका विभिन्न ठाउमा चोट लागेको छ । घाइते सार्कीलाई स्थानिय महिलाहरुको सहयोगमा उद्धार गरिएको र प्रहार गर्ने दमाईलाई प्रहरीको जिम्मा लगाइएको बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी गराउनु भयो ।

उहाँका अनुसार घाईतेलाई घटना स्थलबाट उपचारका लागि स्वास्थ्य केन्द्र बेलडाँडीमा पुर्याएको र प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीबाट थप उपचारका लागि धनगढी रेफर गएिको जनाए । घाइतेको अहिले माया मेट्रो अस्पतालमा उपचार भई रहेको छ । पिडित परिवाले विना कारण बाटोमा रोकेर ज्यान मार्न खोज्नेलाई कानुन बामोजिम कार्वाहीका लागि माग गरेका छन् ।

ताजा समाचार