Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीएमाले भुगोल महिला बेलडाँडी तर्फबाट जिल्ला सदस्यका लागि भट्ट र जोशी भिड्दै

एमाले भुगोल महिला बेलडाँडी तर्फबाट जिल्ला सदस्यका लागि भट्ट र जोशी भिड्दै

बेलडाँडी,
नेकपा एमालेको आठौं जिल्ला अधिवेशनमा भुगोल महिला तर्फबाट जिल्ला सदस्यका लागि बेलडाँडी गाउँपालिका वडा नं.१ की महिला सदस्य र बेलडाँडी ३ बस्ने स्वास्थ्य स्वयमसेवीका बसन्ती जोशी विच निर्वाचन प्रतिस्पर्धा हुने भएको छ । आज ११ बजे बिहान बाट हुने निर्वाचनमा जिल्लाभरका ४९९ जना प्रतिनिधिले मतदान गर्ने छन् । भट्ट मेयर सुरेन्द्र बिष्ट प्यानलबाट हुन भने जोशी विरबहादुर थापा पातल प्यानल देखि मैदानमा उत्रेका हुन ।

दुवै जना विच कडा प्रतिस्पर्धा हुने एमालेका नेता कार्यकर्ताले जनाएका छन् । दुवैले आफ्नो पक्ष र आफ्नो लागि सामाजिक सञ्जालम मार्फत भोट माग्ने कार्य जारी राखेका छन् । दुबै महिलाहरुलाई बेलडाँडी एमाले बनाउने उत्तिकै जिम्मेवारी छ । दुबै शिक्षित महिला भएकाले आगामी जन निर्वाचनमा समेत उपाध्यक्ष पदका लागि दुबैले दावी गर्ने निश्चित बनेको छ ।

ताजा समाचार