Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिका अध्यक्षका स्वकीय सचिव रोकायाको एमाले जिल्ला सदस्यमा उम्मेदवारी

बेलडाँडी गाउँपालिका अध्यक्षका स्वकीय सचिव रोकायाको एमाले जिल्ला सदस्यमा उम्मेदवारी

बेलडाँडी,
नेकपा एमाले कञ्चनपुर जिल्लाको आठौं अधिवेशनमा बेलडाँडी गाउँपालिका अध्यक्षका स्वकीय सचिव कृष्ण कुमार रोकायाले जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।

विद्यार्थी राजनिति हुदै बेलडाँडी गाउँपालिका अध्यक्षको निजि सचिवालय समाहल्दै आएका रोकायाले भुगोलबाट जिल्ला सदस्य पदमा उम्मेदारी दिएको जानकारी गराएका छन् । उहाँका अनुसार माथिल्लो तहका नेताहरुमा सहमति नजुटेपछि चुनावी माहोल श्रृजना भएको बताउदै युवाहरुको तर्फबाट आफुले समेत उम्मेदवारी दिएको बताए । अवको खुल्ला राजनितिमा युवा समेटिनु पर्ने बताउदै आफुलाई अमुल्यमतदान गर्न आग्रह गर्नु भयो ।

पार्टीले पठाएका अयोग्य व्याक्तिहरुका कारण सिंगो पार्टी भोग्नु परेको तितो समस्यालाई छिचोल्नका लागि योग्य व्याक्तिहरु पार्टीमा इन्ट्री हुनुपर्ने धारण व्यक्त गर्नु भयो । उहाँका लागि अहिले सामाजिक सञ्जालमा भोट माग्नेको ओइरो लागेको छ । कुल ४९९ मतदाताले भोली बिहान ११ बजे मतदान गर्ने कार्यक्रम तय रहेको जनाइएको छ ।

ताजा समाचार