Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीबेदकोटका मेयर चन्दको जिल्ला सचिवमा उम्मेदवारी

बेदकोटका मेयर चन्दको जिल्ला सचिवमा उम्मेदवारी

कञ्चनपुर,
एमाले कञ्चनपुरका युवा नेता तथा बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले एमाले जिल्ला सचिवमा उम्मेदवारी दर्ता गराएका छन । चन्दले बीर बहादुर थापा (पातल) प्यानलबाट सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन । चन्द एमालेमा लामो समयदेखि सकृय राजनीतिमा छन । उनी युवा र मेयर भएपछि दिगो विकासका योजना संचालनमा लोकप्रिय मानिन्छन ।

पार्टीलाई थप बलियो बनाउँन सहमती हुन नसकेपछि एमाले कञ्चनपुरको नेतृत्व, पदाधिकारी सहित जिल्ला कार्य समिति अब चुनावी प्रकृयामा गएको छ । उम्मेदवार चन्दले सबै मतदाताहरुलाई मत माग्दै सहि नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनु भयो ।

ताजा समाचार