Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीनेपाल रेडक्रस सोसाइटी सिद्धनाथ उपशाखामा नयाँ नेतृत्व चयन

नेपाल रेडक्रस सोसाइटी सिद्धनाथ उपशाखामा नयाँ नेतृत्व चयन

अम्बा तिवारी/कञ्चनपुर 

कञ्चनपुर नेपाल रेडक्रस सोसाइटी सिद्धनाथ उपशाखा महेन्द्रनगरले आफ्नो २१ औँ वार्षिक सभा तथा अभिवेशन सम्पन्न गरेको छ ।

शनिबार सरस्वती माध्यामिक विद्यालय उल्टाखामको सभाहलमा वार्षिक सभाको आयोजना गरिएको थियो । सभामा उपशाखाले एक वर्षमा गरेका विभिन्न कार्यक्रमहरुको बारेमा प्रस्तुती गरिनुका साथै लेखा परीक्षण रिपोर्ट मार्फत वार्षिक आय व्यय समेत प्रस्तुत गरिएको थियो । उपशाखाको अधिवेशनले नयाँ कार्यसमिति पनि चयन गरेको छ । सभाले दीपक राज जोशीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसमा उपसभापतिमा गीता कुमारी अवस्थी उप्रेती,सचिवमा प्रेम प्रकाश जोशी, कोषाध्यक्षमा लवदेव अवस्थी, उपसचिवमा ज्ञानु प्रसाद बोहरा, उपकोषाध्यक्षमा दिनेराज भट्ट, र सदस्यहरुमा महिला सदस्य जानकी भट्ट, माधव प्रसाद भट्ट, महेशराज उप्रेती, नवीन सिह धामी, थिर्थ राज पाण्डेय चयन गरिएको सचिव प्रेम प्रकाश जोशीले बताउनुभयो । यस्तै सभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा नेरेसो कञ्चनपुर जिल्लाशाखाका सभापति टेकराज उप्रेती रहनु भएको थियो । भने विशिष्ट अतिथिहरुमा जिल्लाशाखाका उपसभापतिहरु द्वय नर बहादुर राना र मन्जु दाहाल, कोषाध्यक्ष थिरेन्द्र चन्द्र भट्ट रहनु भएको थियो । सभामा रेडक्रसमा साधारण, आजिवन, विशिष्ट सदस्य लगायत सभाका सभाषदहरु र रेडक्रसकर्मी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार