Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीसहयात्री बहुमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न, अध्यक्षमा जोशी

सहयात्री बहुमुखी सहकारी संस्थाको साधारण सभा सम्पन्न, अध्यक्षमा जोशी

कञ्चनपुर,
कञ्चनपुरको सहयात्री बहुमुखी सहकारी संस्था लिमिटेको १३ औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको छ ।
शनिबार भीमदत्त नगरपालिका ३ भाँसीको सहयात्री बहुमुखी सहकारी संस्थाको १३ औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको हो । हरिकृष्ण जोशीको अध्यक्षमा नयाँ कार्य समिति चयन गरिएको छ । उपाध्यक्ष दुर्गा प्रशाद जोशी, सचिव सरस्वती भाट(धामी), कोषाध्यक्ष विष्णूदत्त जोशी, सदस्य ज्ञानु ऐर, द्रोपन्त पन्त, झेलुराम चौधरी, कृष्णदेव जोशी, भावना दाहाल, लक्ष्मी खाती, टेकराज बोहरा चयन भएका छन । सहकारीको बृद्धि विकासका लागि काम गर्ने नव निर्वाचित सहकारीका पदाधिकारीले प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार