Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी कांग्रेसद्वारा बधाई तथा धन्यवाद कार्यक्रम अायोजना

बेलडाँडी कांग्रेसद्वारा बधाई तथा धन्यवाद कार्यक्रम अायोजना

कञ्चनपुर ,

नेपाली काँग्रेस बेलडाँडीले बधाई तथा धन्यवाद कार्यक्रम अायोजना गरेको छ ।

शनिवार बेलडाँडी गाउँपालिकाकाे सभाहलमा काँग्रेस बेलडाँडीले सम्पन्न १४ औं महाधिवेशनमा विजयी हुने, पराजय हुने सबै आफ्ना नेता, कार्यकर्ता संग बधाई तथा धन्यावाद कार्यक्रम अायोजना गर्दै सम्पन्न गरेकाे बेलडाँडी कांग्रेसले जनाएको छ ।

काँग्रेस बेलडाँडीका सभापति गज बहादुर बिष्टको सभापतित्वमा अायोजित कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवं विकास प्रेमी काँग्रेस नेता दिवान सिह बिष्ट  रहनु भएकाे थियाे भने विशिष्ट अतिथिमा जिल्ला उप-सभापति हरिचन्द्र राना रहेका थिए ।

उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै संविधानसभा सदस्य एवं विकास प्रेमी काँग्रेस नेता दिवान सिह बिष्टले १४ औं महाधिवेशनमा विजयी हुने नेताहरूलाई बधाई तथा धन्यावाद प्रकट गर्नु हुँदै काँग्रेसलाई अबकाे निर्वाचनमा विजयी गराउने तवरले पार्टी पंक्तिका सबै नेता कार्यकर्ता लाग्नु पर्ने बताउनु भयाे ।

उहाँले कञ्चनपुर क्षेत्र नम्बर- १ मा बाहिरकाले आएर चुनाव लडने कुरा आफुलाई सहय नहुने बताए । त्यसका लागि यहाँकै छाेरा हुनु पर्ने भन्दै पार्टी भित्र रहेकाे गुट उपगुट गरि नहिडन नेता कार्यकर्तालाई अनुराेध गर्नु भयाे ।

यस्तै उनले “अहिले काँग्रेसले यस क्षेत्रमा निर्वाचन हार्नाले धेरै विकास निर्माणका काम नभएकाे बताउदै काँग्रेसले जित्याे भने यस क्षेत्रकाे बेलाैरी भन्सार नाका बनाउने र यहाँकाे अार्थिक विकासका सवालमा काम गरिने बताए ।”

यस्तै काँग्रेस जिल्ला उप-सभापति हरिश्चन्द्र रानाले १४ औ  महाधिवेशनमा नेता कार्यकर्तामा भएका तिक्तताहरू विर्सेर अगाडि बढनु पर्ने बताउदै काँग्रेसलाई सबैले बलियाे बनाउन भुमिका खेल्नु पर्ने धारणा राखे ।

काँग्रेसका युवा नेता एवं महाधिवेशन प्रतिनिधि जनक सिंह धामीले भने काँग्रेसले याे देशकाे हरेक समस्यामा काँध हालि नेतृत्व लिई अभिभावककाे भुमिका निर्वाह गर्दै अाएकाेले अबकाे निर्वाचनमा काँग्रेसनै याे देशमा पहिलाे पार्टी बन्ने बताए ।

कार्यममा क्षेत्र नम्बर-१ का क्षेत्रीय सभापति , प्रदेश सभापति, महाधिवेशन प्रतिनिधि, वडा सभापति, जिल्ला सदस्य लगायत पार्टीका विभिन्न तह तप्काका नेता तथा कार्यकर्ताले शुभकामना मनतव्य राखेका थिए ।

महाधिवेशन प्रतिनिधि राधिका देवि जाेशीले सबै पार्टीका नेता तथा कार्यकर्तालाई अब एक ढिक्का भएर जानुकाे विकल्प नभएकाे बताए । उहाँले १४ अाै महाधिवेशनमा नेतृत्व पंक्तिमा विजयी हुनेलाई बधाई दिनु हुँदै पराजय हुनेलाई समेत निराश नभई पार्टी नेतृत्वले सबैलाई मिलाएर लग्नु पर्ने अाैल्याउनु भयाे । गाउँ कार्यसमिति बेलडाँडी सचिव कुलैराज उपाध्यायकाे स्वागत  मनतव्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन वडा नम्बर -४ का वडा सभापति बाबुराम राेकायाले गरेका थिए ।

ताजा समाचार