Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीविद्यालय कर्मचारी परिषद् कञ्चनपुरको अधिवेशन सम्पन्न अध्यक्षमा कार्की

विद्यालय कर्मचारी परिषद् कञ्चनपुरको अधिवेशन सम्पन्न अध्यक्षमा कार्की

कञ्चनपुर,
नेपाल विद्यालय कर्मचारी परिषद् कञ्चनपुरको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार झलारीमा नेपाल विालय कर्मचारी परिषद्को छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट ईन्द्रसिह कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । उपाध्यक्षमा दामोदर सुवेदी, महिला उपाध्यक्ष टिकेश्वरी विष्ट सचिव महानन्द पाण्डेय, कोषाध्यक्ष मेख नाथ, सह सचिव महिला हरिमाण भण्डारी चयन भएका छन । सदस्य तर्फ नारद भट्ट, चन्द्र बहादुर कुँवर, प्रमानन्द जोशी, हरिस भट्ट, करुणा बोहरा,रायविलास राना, हरिलाल चौधरी, गुरिलाल चौधरी,हरि पाण्डे,गोबिन्द राना चयन भएका छन । केन्द्रीय प्रतिनिधीमा निर्वतमान अध्यक्ष लक्ष्मण भट्ट, कृष्ण बहादुर कुँवर चयन भएका छन । नेपाल विद्यालय कर्मचारी परिष्दका पुर्व अध्यक्ष लोक बहादुर चन्दको प्रमुख आथित्यमा भएको कार्यक्रममा लक्ष्मण भट्टको अध्यक्षमा कार्यक्रम भएको थियो ।

सामुदायिक विद्यालय विद्यालयमा कार्यरत कर्मचारीको पेशागत हकहितका लागि विद्यालय कर्मचारी परिषद्का अगुवाहरुले सम्बन्धीत निकायमा घचघच्याउँदै अधिकारका लागि संघर्ष गर्ने बताएका छन । कञ्चनपुरका विद्यालय कर्मचारीले पनि निजामती भन्दा कुनै काममा बाँकी र नेपालको शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने काम गरेपछि राज्यपक्षबाट उचिन मुल्याङकन नभएको गुनासो पोखेका थिए ।

ताजा समाचार