Friday, August 19, 2022
गृहपृष्ठजिवनशैलीसुदूरको स्वास्थ्य शिक्षा र सस्कृति कला क्षेत्रको योगदान पु¥याएको भन्दै सम्मान

सुदूरको स्वास्थ्य शिक्षा र सस्कृति कला क्षेत्रको योगदान पु¥याएको भन्दै सम्मान

 मदन नेपाली/कञ्चनपुर

सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य शिक्षा, कला संस्कृति संरक्षण प्रर्बद्धनमा योगदान पु¥याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

शनिबार महेन्द्रनगरमा बझाङ्ग लोक साँस्कृतिक सरक्षण मञ्चले आयोजना गरेको भुवा भुस्सो कार्यक्रममा कञ्चनपुरका तीन व्यक्तित्व सम्मानित भएका हुन । सुदूरको स्वास्थ्य शिक्षामा योगदान पु¥याएको पुर्व शिक्षक समेत रहेका महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर), सुपको कला, साहित्य, लोक संस्कृति संरक्षण गरेको भन्दै कलाकार लक्ष्मण अधिकारी र सुप विश्वविद्यालयका प्राध्यापक एव भाषामा योगदान पु¥याएको भन्दै डा. हरिशचन्द्र भट्टलाई सम्मान गरेको हो ।

सुप प्रदेशका सभामुख अर्जुन बहादुर थापाले बोक्सर, अधिकारी र भट्टलाई दोसल्ला ओढाएर प्रमाण पत्र हस्तान्तरण गर्दै सम्मान गरेका हुन । सुदूरको लोक संस्कृति संरक्षणका लागि बझाङ्ग लोक साँस्कृतिक सरक्षण मञ्चले महेन्द्रनगरमा समेत भुवा भुस्सो खेलेका थिए । कार्यक्रममा सहभागि अगुवाहरुले सुदूरको लोक संस्कृति संरक्षणका लागि नयाँ पुस्ता समेत अग्रसर हुनुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार