Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीमाध्यमिक विद्यालय शिक्षक युनियन कञ्चनपुरको अध्यक्षमा जोशी

माध्यमिक विद्यालय शिक्षक युनियन कञ्चनपुरको अध्यक्षमा जोशी

 कञ्चनपुर,

माध्यमिक विद्यालय शिक्षकर युनियन कञ्चनपुरको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । डम्बर दत्त जोशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको युनियनले जनाएको छ ।

अध्यक्षमा डम्वर दत्त जोशी, वरिष्ठ उपाध्यक्ष राम दत्त भट्ट, उपाध्यक्ष डिल्ली प्रसाद खरेल, महिला उपाध्यक्ष चादनी पन्त, सचिव विरेन्द्र प्रसाद भट्ट, कोषाध्यक्ष कृष्णानन्द जोशी, सह सचिव धनन्जय जोशी लगायतका पदाधिकारी चयन भएको माध्यमिक विद्यालय शिक्षक युनियनका सचिव विरेन्द्र प्रसाद भट्टले बताए ।

उनका अनुसार सदस्यमा श्याम सुन्दर ओझा, केशव राज जोशी गगन बहादुर साउद, नवराज थापा, गोरख बहादुर बिष्ट, बम बहादुर बुढा, निरन्जन प्रसाद भट्ट, जगदिश अवस्थी, टेव बहादुर ऐर, हेमा भट्ट, टेकराज भट्ट, राजेन्द्र प्रसाद भट्ट, रविन्द्र रावल, देवराज पनेरु, लक्ष्मण चौधरी, विमल चन्द, रमेश उपाध्याय, रमेश साउद, चन्द्रकान्त भट्ट र मनोहर प्रसाद भट्टलाई चयन गरिएको जनाए । यस यूनियनले संस्था हितमा कामगर्ने सचिव भट्टले बताए ।

ताजा समाचार