Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीपुर्वमन्त्री रावलको पहलमा हल्दुखाल महाकाली जनसेवामा आधुनिक भवन बन्ने

पुर्वमन्त्री रावलको पहलमा हल्दुखाल महाकाली जनसेवामा आधुनिक भवन बन्ने

कञ्चनपुर,
नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला सह–इन्चार्ज समेत रहेका पुर्व राज्यमन्त्री एव सुप प्रदेश सभाका सदस्य प्रकास रावलको विशेष पहलमा भीमदत्त नगरपालिका ७ हल्दुखालमा रहेको महाकाली जनसेवा माविमा आधुनिक भवन निर्माण हुने भएको छ । शनिबार एक कार्यक्रमका विच महाकाली जनसेवा मावि हल्दुखालमा निर्माण हुने चार कोठे भवनको शिलान्यास गरिएको छ । पुर्वमन्त्री एव प्रदेश सभा सदस्यका स्वकीय सचिव ईन्द्रसिह ठगुन्नाले शनिबार एकै दिन समाजवादीका नेता समेत रहेका पुर्वमन्त्री रावलले भीनपा ७ हल्दुखालको महाकाली जनसेवा माविको चार कोठे भवन र भीनपा १० तिलकेनीमा खप्तड सहकारी भवनको शिलान्यास गरिएको बताए । ‘विद्यालय र सहकारीबाट मान्य प्रकास रावल ज्यूलाई माग भए अनुरुप वहाँकै विशेष पहलमा विद्यालय र सहकारी भवन बन्ने भएका छन, ‘ठगुन्नाले भने, ‘आज शिलान्यास गरिएका छन, अब काम अघि बढ्छ ।’ उनका अनुसार महाकाली जनसेवाको ४ कोठे भवन ३८लाख र खप्तड सहकारीको १८लाखको भवन रहेको छ । महाकाली जनसेवा माविका अध्यक्ष महेश विष्टले विद्यालयमा भवन निर्माणसंगै संचालनमा सहज हुने बताए । उनले सहयोगी पुर्वराज्यमन्त्री सहितका निकायलाई धन्यवाद दिदै भावि दिनमा समेत विद्यालयको बृद्धि विकासका लागि सहयोगको अपेक्षा गरेका छन ।

ताजा समाचार