Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीएमाले कञ्चनपुरको केहिछिनमै बन्दसत्र शुरू हुने

एमाले कञ्चनपुरको केहिछिनमै बन्दसत्र शुरू हुने

कञ्चनपुर,
नेकपा एमाले कञ्चनपुरको ८औं जिल्ला अधिवेशन हिजो शुक्रबार उद्घाटन सत्र सम्पन्न भए पछि अाज शनिवार  बन्दसत्र सुरु हुने तयारी रहेको छ ।

स्रोतका अनुसार सहमतिका लागि नेताहरूबीच छलफल भइरहेको जनाईएको छ । पार्टी पोलिटब्यूरो र केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज, सह-इन्चार्जहरूले सहमतिको वातावरण बनाइरहेकाले बन्दसत्रमा अलि ढिलाइ भएको एमालेले जनाएको छ ।

जिल्लाभरबाट आएका अधिवेशन प्रतिनिधिहरू यतिबेला अधिवेशनस्थल ममताज पार्टी प्यालेसको प्राङ्गणमा पार्टी पंक्तिको बिषयमा गफिदै बसेका छन् ।

जिल्ला अध्यक्ष पदमा वीर बहादुर थापा (पातल) र सुरेन्द्रबहादुर विष्टको तयारी छ भने सचिवमा पल्लबराज भट्ट र अशोकबहादुर चन्द आकांक्षी रहेका छन् । उपाध्यक्षमा महेश पन्त, चिनी गिरी र लक्ष्मी बुढा, उपसचिवमा फैरु तामाङ आकांक्षी देखिएकाे श्रोतले जनाएको छ ।

ताजा समाचार