Friday, August 19, 2022
गृहपृष्ठखेलकुदकैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: फाइनलमा बिजय स्पोर्ट्स क्लब र स्टार सिटि...

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: फाइनलमा बिजय स्पोर्ट्स क्लब र स्टार सिटि युवा क्लब भिड्ने

बिकाश सिह महता/कञ्चनपुर ,
अखिल नेपाल फुटबल संघ(एन्फा)को वार्षिक कार्यक्रम अनुसार कैलाली जिल्ला फुटबल संघको आयोजनामा संचालन भएको कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता -२०७८ को आज सम्पन्न हुने भएको छ।May be an image of 6 people and people standing
जिल्ला लिगको फाइनलमा बिजय स्पोर्ट्स क्लब र स्टार सिटि युवा क्लब उपाधीको लागि आज दिउँसो १ बजे दिउँसो धनगढी गाउँमा रहेको धनगढी युवा क्लबको खेल मैदानमा प्रतिस्पर्धात्मक खेल हुने कैलाली जिल्ला फुटबल संघका महासचिव ओम प्याकुरेल जानकारी दिनु भएको छ।May be an image of 6 people and people standing
उनका अनुसार २०७८ बैशाख ०४ गते देखि सुरु भएको कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता बैशाख ९ गते सम्म संचालन हुँदै गर्दा कोभिड-१९ कोरोना भाइरस महामारीले गर्दा नेपाल सरकारले लगाएको लकडाउनले गर्दा स्थगित हुन पुगेको थियो ।May be an image of 9 people, people standing and outdoors उक्त प्रतियोगिता लाई निरन्तरता दिदै पौष १० गते देखि संचालन भएको लिग फुटबल आज पौष २४ गते समापन हुन लागेको छ।May be an image of 7 people, people standing and outdoors
समापन समारोह सम्म प्रतियोगितालाई समापन समारोह सम्म पुर्याउनुहुने खेलकुद फुटबल प्रेमी शुभचिन्तक, क्लब , प्राविधिक टिम, पत्रकार लगायत सम्पुर्ण लाई आयोजक कैलाली जिल्ला फुटबल संघको तर्फ बाट आभार ब्यक्त समेत गर्नु भएको छ। साथै समापन कार्यक्रममा उपस्थितिका लागि सादर अनुरोध समेत गर्नु भएको छ।

ताजा समाचार