Tuesday, August 16, 2022
गृहपृष्ठजिवनशैलीचाैधर नदी नियन्त्रणका लागि डि.पि.आर. कार्य शुरू

चाैधर नदी नियन्त्रणका लागि डि.पि.आर. कार्य शुरू

बेलडाँडी,
चाैधर नदी नियन्त्रणका लागि बुधबार जनताकाे तटबन्ध कार्यालय कञ्चनपुरबाट ईन्जिनियर सहितकाे प्राविधिक टाेलिले बेलडाँडी गाउपालिका वडा नम्बर -५ ईमलिया देखि झिलमिला सम्मकाे चाैधर नदीको डिपिअार कार्य शुरू भएको छ ।

चाैधर नदी नियन्त्रण संघर्ष समितका संयोजक जनक धामीको पहलमा जनताकाे तटबन्ध कञ्चनपुरका ईन्जिनियरको टोली प्रभावित क्षेत्रमा काम गर्न थालेको छ । ईन्जिनियर अरूण शाह सहितकाे प्राविधिक टाेलिले ईमलिया देखि पल्लाे झिलमिला सम्मकाे पहिचान र नक्साकंनका लागि नापजाँच कार्य शुरू गरेको संयोजक धामीले जानकारी गराउनु भयाे ।

उहाँका “अनुसार अहिले नापजाँज गरी नदीले कटानि र पटानी गर्ने क्षेत्रकाे पहिचान गरी नक्साकंन गरीएकाे बताउदै केही दिनमै गुरु याेजनाका लागि डि.पि.आर. गर्ने कार्य गरिने गरी कार्यकाे शुरूवात भएकाे बताए ।”

केही दिन अघि मात्र चाैधर नदी नियन्त्रण संघर्ष समिति बेलडाँडीका अध्यक्ष धामी र काँग्रेस नेता एवं पुर्व मन्त्री रमेश लेखकले काठमाडौ गई उर्जा जलस्रोत तथा सिचाँई मन्त्रीलाई नदी नियन्त्रणका लागि गुरु याेजनाकाे माग गरेका थिए ।

त्यसकाे जवाफमा सिचाँई मन्त्री पम्फा भुसालले तत्कालै कार्य अघि बढाउने आश्वासन दिनु भएकाे थियाे । यसरी नदी नियन्त्रणका लागि कार्य अघि बढने भएपछि बेलडाँडीका स्थानिय हर्षित भएका छन् ।

ताजा समाचार