बिकाश सिंह महता / कञ्चनपुर,
अखिल नेपाल फुटबल संघ “एन्फा” को वार्षिक कार्यक्रम अनुसार संचालन हुन लागेको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी हुन लागेको युथ क्लब अफ महाकाली लाई खेल पोशाक प्रयोजन गरेको छ।
मंगलबार एक कार्यक्रमका साथ महेन्द्रनगर स्थित गल्ली नम्बर ५ सञ्चार चोकमा रहेको दाजु भाइ म: म: एण्ड सेकुवा सेन्टरका प्रोपराइटर युवा व्यवसायी रामि नाथले अखिल नेपाल फुटबल संघका सहायक महासचिव एवं युथ क्लब अफ महाकालीका अध्यक्ष भीमबहादुर थापा,सचिव राजेन्द्र थापा टिम क्याप्टेन बिर धामी लगायत खेलाडीहरु को उपस्थितिमा १८ जोड खेल पोशाक हस्तान्तरण गरिएको हो।



