Thursday, August 18, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाउँपालिकाद्धारा हिउँदे अधिवेशन सम्पन्न

बेलडाँडी गाउँपालिकाद्धारा हिउँदे अधिवेशन सम्पन्न

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले आफ्नो १०औं गाउँसभा अधिशेन सम्पन्न गरेको छ । बेलडाँडी गाउँपालिका सभा हलमा आफ्ना सभासदहरु माझ गाउँपालिकाले हिउँदे अधिवेशन सम्पन्न गरेको हो । गाउँपालिकाले आफुले गरेका गतिविधिको समिक्षा गर्दै, निति कार्यक्रम गाउँ सभाबाट पारित गर्दै गाउँसभा सम्पन्न गरेको बेलडाँडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार गाउँपालिकाले बेलडाँडीको हितका लागि गरेको योजना कार्यक्रमहरु र आज सम्म भइगरेका कार्यक्रमको बारेमा जानकारी र योजना हेरफेरका विषमा समिक्षा गर्दै कार्यक्रम सम्पन्न गरेको बताए । गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको अध्यक्षतामा शुरु भएको कार्यक्रमको संचालन बेलडाँडी स्वास्थ्यका स्वास्थ्यकर्मी महेश खत्रीले गरेका थिए ।

ताजा समाचार