Monday, August 8, 2022
गृहपृष्ठजिवनशैलीएमाले बेलडाँडी ५ बाट युवा नेता रोकाया जिल्ला प्रतिनिधीका लागि निर्वाचित

एमाले बेलडाँडी ५ बाट युवा नेता रोकाया जिल्ला प्रतिनिधीका लागि निर्वाचित

बेलडाँडी,
नेकपा एमाले कञ्चनपुरको आठौं अधिवेशनका लागि बेलडाँडी गाउँपालिका वडा नं. ५ झिलमिलाबाट एमाले युवा नेता तथा बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका स्वकीय सचिव कृष्ण कुमार रोकाया निर्वाचित भएका छन् ।

आर्ठौं अधिवेशनका लागि वडाबाट प्रतिनिधी छनौट निर्वाचन प्रकृयाबाट गाउँपालिकाकै सबै भन्दा कनिष्ट रोकाया निर्वाचित भएका हुन । रोकायाले १३ मत प्राप्त गर्दै प्रतिद्धन्दी भिम बहादुर खडकालाई २ मतले हराएका थिए । ३ जना विच भएको प्रतिशप्रधामा कृष्ण कुमार रोकायाले १३ मत, भिम बहादुर खडकाले ११ मत र डम्बर खडकाले ९ मत प्राप्त गरेका थिए । कुल ३६ मतदातामा ३३ मत खसेका थिए ।

२३ गते हुने भनिएको जिल्ला अधिवेशनका लागि बेलडाँडीका सबै वडा बाट यस अघिनै प्रतिनिधी छनौट भइसकेका छन् । जस मध्ये वडा नं. १ बाट नारायण दत्त जोशी, वीर बहादुर बिष्ट र महिला तर्फ लक्ष्मी भट्ट सर्बसम्मत चयन भएका थिए । वडा नं.२ भिम ब.थापा निर्वाचित र महिला तर्फ सरस्वती देवी साउद सर्वसम्मत भएका थिए । वडा नं.३ बाट बिरु गिरी र बसन्ती जोशी सर्वसम्मत चयन भएका थिए । वडा नं.४ बाट चन्द्र बहादुर खडका र खगेश्वरी भण्डारी चयन भएका थिए । वडा नं. ५ बाट महिला तर्फ फुलमती राना सर्वसम्मत चयन भएका थिए भने बेलडाँडी गाउँपालिका दलित तर्फबाट राजेन्द्र सुनार र गुड्डी देबी नेपाली सर्वसम्मत चयन भएको एमाले बेलडाँडीले जनाएको छ ।

ताजा समाचार